प्रहरी र अदुवा व्यापारीबीच विवाद

0
30

प्रस वीरगंज, ४ मङ्सिर/
भारतीय अदुवा व्यापारी र नेपाल प्रहरीबीच लेनदेनमा कुरा नमिल्दा सीमावर्ती बजार भिस्वामा विवाद भएको छ। प्रहरी चौकी भिस्वामा कार्यरत प्रहरी हवलदारले प्रतिट्रक निर्धारित रकम बुझ्ने गरेको तर अदुवा बोकेको ट्रक सीमामा पुग्दा प्रहरीले रोकेपछि विवाद उत्पन्न भएको हो।
सो क्रममा व्यापारी तथा प्रहरीबीच हात हालाहाल भएको प्रत्यक्षदर्शीले बताए। सो नाकाबाट दैनिक १० देखि २० ट्रक नेपाली अदुवा भारत गइरहेको छ। यस विषयमा प्रहरी चौकी इन्चार्ज प्रहरी नायब निरीक्षक प्रेमराज मिश्रले अदुवा आएपछि हामीले फिर्ता पठाएको र व्यापारीले सो अदुवा भारत नलगी भिस्वा बजारमा नै बिक्री गरेको जानकारी दिए। प्रहरी तथा व्यापारीबीच कुनै विवाद नभएको उनले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्