टर्की धागो पठाउने त्रिवेणी स्पिनिङमा तालाबन्दी

0
68

राधेश्याम पटेल, वीरगंज, ४ मङ्सिर/
त्रिवेणी समूह अन्तर्गतको धागो उत्पादन गर्ने विशाल कारखाना हो त्रिवेणी स्पिनिङ प्रालि। यो कारखाना वीरगंज–पथलैया औद्योगिक करिडर छातापिपरामा करीब ४० बिघा क्षेत्रफलमा स्थापित छ। एक सय ३८ वर्षको इतिहास बोकेको धागो कारखानाले लकडाउन अघि १७ सय मजदूरलाई रोजगार दिएको थियो। तर अहिले ४ सय भारतीय मजदूरलाई गैरनेपाली नागरिक भनेर हटाएको छ। अहिले नेपाली नागरिक मात्रै करीब १३ सय स्थायीरूपमा काम गर्छन्। लकडाउन अघि नेपाल, भारत र टर्कीमा धागो निर्यात गर्ने उद्योगको रूपमा त्रिवेणी समूहको यो उद्योगले प्रतिष्ठा कमाएको थियो। तर लकडाउनले त्रिवेणी स्पिनिड्ढो धागो निर्यातमा रोक लागेको छ भने धागो काराखाना जीवित राख्न पनि समस्या भोग्नुपरेको व्यवस्थापन पक्षको विश्लेषण छ। कोरोनामा उद्योगको कारोबार घाटामा गइरहेको बेला अहिले मजदूरहरूको विवादको कारण त्रिवेणी स्पिनिङ प्रालिको व्यवस्थापन पक्ष काम गर्न हच्केको छ। दुर्ई साता अघि मजदूरहरूले विभिन्न माग पूरा नगरेको भन्दै उद्योगको प्रशासन फाँट, लेखा फाँटमा तालाबन्दी गरेका छन्। उद्योगकै कार्यालय सहयोगीलाई धम्क्याएर कार्यालयमा निकासी–पैठारी रोक्न तालाबन्दी गरेका हुन्। उद्योगमा १३ सय मजदूरबीच पूर्व एमाले, पूर्व माओवादी, नेपाली कांग्रेस र फोरम गरी चारवटा मजदूर सङ्गठन आबद्ध छन्। एउटा युनियनमा करीब ३ सयदेखि ४ सय मजदूर सदस्य रहेका छन्।
मजदूरहरूका अनुसार उद्योग व्यवस्थापन पक्षले मजदूरहरूको करीब २० करोड रुपियाँ पचाउन खोजेपछि सबै मजदूर सङ्गठितरूपमा तर शान्तिपूर्वक आन्दोलनमा उत्रेका हुन्। “हामीले मागदाबी पेश गरी व्यवस्थपन पक्षलाई माग पूरा गराउन दबाब दिएका थियौं, हाम्रो कुरा नसुनेपछि पिउन लगाएर कार्यालय लेखा फाँटमा तालाबन्दी गरायौं”–उनले भने–“विभिन्न माग छठपछि पूरा भएन भने उद्योगको उत्पादन ठप्प पारी कडा आन्दोलन थाल्छौं।” खासगरी मजदुरहरूले उपदान, बोनसको रकम, पारिश्रमिक, पोशाक, जुत्ता, बर्साती, ज्याकेट, टोपी, मास्कलगायत समाग्री विगतझैं यस पालि नदिएकोले सबैजना असन्तुष्ट रहेको बताएका छन्। मजदूरहरूका अनुसार २०७४ भदौ १९ गतेदेखि सामाजिक सुरक्षा कोष लागू हुनु अघि करीब ७ वर्षको, एकजना मजदुरको १–१ लाखको दरले १३ करोड मजदूरलाई भुक्तानी गर्न बाँकी छ भने २०७४ भदौ १९ पश्चात् २४ महीनाको सामाजिक सुरक्षा कोषबापत २ करोड ४७ लाख मजदूरको पारिश्रमिकबाट काटिएको तर उद्योगले कोषमा जम्मा नगरेकोले फिर्ता गर्नुपर्ने माग गरेका छन्। त्यसैगरी हरेक वर्षझैं वर्षमा १८० दिन डियुटी पूरा गरेपछि उद्योगले ३१७ दिनको बोनस दिने गथ्र्याे। जुन एउटा मजदूरको वर्षमा ३५ देखि ४० हजारसम्म हुन आउँछ। १३ सय मजदूरको करीब ४० हजारको दरले झन्डै ५ करोड रुपियाँ बोनस कम्पनीले भुक्तानी दिन आलटाल गरिरहेको मजदूर सङ्गठनका नेताहरू बताउँछन्। त्यसैगरी गत वैशाखको आधा र जेठ पूरा महिनाको पारिश्रमिक व्यवस्थापन पक्षले नदिएको गुनासो गरेका छन्।
कम्पनीका सञ्चालक रामचन्द्र संघाई समक्ष पनि कतिपटक छलफल गरी समस्या समाधान गरौं भनी कुरा राख्दा चासो नदिएको मजदूरहरूको भनाइ छ। यता कारखाना प्रबन्धक राजेन्द्र नाथले मजदूरहरूको तालाबन्दीको कारण उद्योगको दैनिक कार्य प्रभावित भई निकासी र पैठारी पनि रोकिएको बताए। उनले भारतबाट कच्चा पदार्थ लिएर आएको चारवटा ट्रक मजदूरहरूले बन्धक बनाएर उद्योगभित्र घेरेर राखेको आरोप लगाए। “मजदूरहरूले जबरजस्ती भारतीय गाडी रोकेका छन्, यदि उनीहरूले तालाबन्दी गरेको स्वीकार गर्दैनन् भने मैले खोल्दा आपत्ति किन ?” उनले भने–“यस विषयमा श्रम कार्यालय, बारा प्रशासनलाई जानकारी गराइसकिएको र चाँडै वार्ताबाट समस्या समाधान गरिने बताए। उनले कोरोना महामारीको कारण विदेश निर्यात हुँदै आएको धागोको कारोबार शून्यमा झरेपछि कम्पनीको व्ययभार बढेको बताए। कम्पनीले मजदूरहरूको २० करोड पचाउन लागेको आरोपबारे– हिसाब हेरेर मात्र मजदूरहरूको कुरा कति सही, कति भूmट छ, बताउन सकिने भने।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्