१२ सय दलित महिलालाई साडी

0
56

प्रस, रौतहट, ३ मङ्सिर/
माधवनारायण नगरपालिकाले नगरका १२ सय दलित महिलालाई छठपूजा गर्न साडी सहयोग गरेको छ।
नगरप्रमुख वीरेन्द्रप्रसाद यादव र उपप्रमुख सिमलकुमारी साहले छठपूजाको लागि व्रतालु दलित समुदायका १२ सय महिलाहरूलाई साडी वितरण गरेका हुन्। परिवारका पुरुषहरू बाहिर कमाउन गएको र छठपूजाको लागि उनीहरूलाई आर्थिक अभाव भएको महसूस गरेर दलित व्रतालु महिलाहरूलाई साडी सहयोग गरिएको नगरप्रमुख यादवले बताए। साडी वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख यादवले धर्म, संस्कृतिको जगेर्ना गर्न र एकता तथा भातृत्व वृद्धिका लागि नगरपालिकाले हरदम सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे। नगरप्रमुख यादवले यो कार्यलाई आगामी वर्ष पनि निरन्तरता दिने बताए।
प्रदेशसभा सदस्य उपेन्द्र साहले नगरपालिकाले दलित महिलाहरूलाई साडी वितरण गर्नु सराहनीय काम भएको प्रतिक्रिया दिए। उनले पर्व हर्षोल्लासका साथ मनाउन सुझाव दिंदै कोरोना भाइरसबाट जोगिन सामाजिक दूरी कायम गर्न र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न सुझाए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्