सालको गोलिया काठ बरामद

0
53

प्रस, बिरुवागुठी, ३ मङ्सिर/
सब–डिभिजन वन कार्यालय सबैयाले दुई थान सालको गोलिया काठ र साइकल बरामद गरेको छ।
राष्ट्रिय वनबाट रूख कटान गरी तस्करहरूले साइकलमा ल्याउँदै गरेको अवस्थामा सबैया साझेदारी वन क्षेत्रबाट हिजो साँझ दुई थान सालको काठ र साइकल बरामद गरिएको सब–डिभिजन वन कार्यालय सबैयाका वनरक्षक वीरेन्द्रप्रसाद यादवले बताए। बरामद भएको काठ र साइकल सब–डिभिजन वन कार्यालय सबैयामा राखिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्