पर्साको ग्रामीण क्षेत्रमा खुलेआम जुवातास

0
118

प्रस, पचगावाँ, ३ मङ्सिर/
दशैं, तिहार बितेपनि पर्साको ग्रामीण क्षेत्रमा जुवातास रोकिएको छैन। विभिन्न स्थानमा जुवातास भइरहेको स्थानीयहरूले बताएका छन्।
देउरवाना बजार, मधुवन मथवलको सिरही, सथवलको बजार सेड, बगवन्नाको बजार सेड र महुवनको बजार सेडमा खुलेआम जुवातास भइरहेको स्थानीयहरूले बताएका छन्।
यसैगरी हरपुर, पचरूखी, निचुटा, फरहदवा, सुगौली, हरैया, पचगावाँ, रङ्गपुर टाँडी, पटेर्वासुगौली, सोनबर्सा, सुवर्णपुर, सेढवा, जीतपुर परसवा, जानकीटोला, भिस्वा, पोखरिया, पदमौल गम्हरिया, भौराटार, डोकैला बहुअरी आदि स्थानमा जुवातास भइरहेको छ। केही ठाउँमा प्रहरीलाई प्रभावित पारेर संस्थागतरूपमा जुवातास भइरहेको बताइएको छ।
स्थानीयले गाउँटोलमा भइरहेको जुवातासबारे प्रहरीलाई सूचना दिएपनि कारबाई नगरिएको बताएका छन्। सानादेखि ठूला खालसम्म जुवातास भइरहेको र सीमावर्ती भारतबाट पनि जुवा खेल्न आउने गरेको बताइएको छ। पटेर्वासुगौलीका राजेशदास थारूले खुलेआम जुवातास हुँदा पनि प्रहरीले कारबाई नगरेको गुनासो गरे।
उनले सामाजिक विकृतिविरुद्ध प्रहरी जागरुक हुनुपर्नेमा गाउँलेहरूले गुनासो गर्दा पनि सुनवाइ नभएको आरोप लगाए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्