हिमालयन डिस्टिलरीको नाफा दोब्बर

0
25

प्रस, परवानीपुर, २ मङ्सिर/
हिमालयन डिस्टलरी लिमिटेडले चालू आवको प्रथम त्रैमासिकमा पोहोरभन्दा दोब्बर खुद मुनाफा गरेको छ। पछिल्ला दिनमा उच्च दरले सेयर मूल्य बढिरहेको हिमालयन डिस्टिलरीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक साउनदेखि असोजसम्मको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा पोहोरभन्दा दुई गुणा बढेको जनाएको छ।
कम्पनीले गत वर्ष असोजमा ९ करोड ७५ लाख खुद नाफा गरेको थियो। यस पालि असोजमा १८ करोड ७४ लाख नाफा भएको जनाएको छ। कम्पनीको तीन महीनामा ६२ करोड ३३ लाख रुपियाँको मदिरा बिक्री भएको छ।  गत वर्षभन्दा यो साढे ५३ प्रतिशत बढी हो। त्यो बेला ४० करोड ६१ लाखको बिक्री भएको थियो। गत आर्थिक वर्षमा कम्पनीले २ अर्ब ३४ करोडको मदिरा बिक्री गरेको थियो। ५७ करोड ८४ लाख रुपियाँ सेयर पूँजी रहेको कम्पनीले उल्लेख्य मात्रामा प्रशासनिक खर्च घटाएको छ। ३१ करोडको खर्चलाई २० करोड ४० लाखमा सीमित गरेको छ। यसले पनि कम्पनीको नाफामा उच्च सुधार देखिएको हो। यद्यपि कर्मचारी खर्च भने ८८ लाख रुपियाँ बढेको छ। कम्पनीको प्रतिसेयर आम्दानी १२९ रुपियाँ छ। पिई अनुपात १३.९५, प्रतिसेयर नेटवर्थ २४९ रुपियाँ छ।  
उल्लेख्य नाफा बढाए पनि कम्पनीले कोभिडका कारण आगामी त्रैमासिकको कारोबारमा भने नकारात्मक प्रभाव पर्न सक्ने आकलन गरेको छ। कम्पनीको प्रमुख उत्पादन गोल्डेन ओक र रोयल ट्रिजर हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्