वीरगंजमा एटिएम ग्राहकले समस्या भोगे

79

प्रस, वीरगंज, २ मङ्सिर/
कोरोनाको कारण विद्युतीय बैकिङ सेवा खुला राखेर तिहारमा चार दिन बन्द बैकिङ सेवा बन्द गरेका वीरगंजका बैंकहरूमा रहेको एटिएम सेवा प्रभावकारी नहुँदा थुपै्र ग्राहकले समस्या भोग्नुपरेको छ।
चाडपर्वमा सामान खरस्द गर्न नेपाल बैंक लिमिटेड आदर्शनगर शाखाको एटिएममा पुगेका कालिकामाई गापा–१ का विरोध चौहानले एटिएमबाट रकम पाउन नसकेको बताए। उनले कार्ड लिएर २० किलोमिटर यात्रा गरी वीरगंज आएको तर एटिएमबाट रकम नआउँदा समस्या भएको बताए। उनले खातामा रकम भएको तर शाखाको एटिएममा आवश्यक रकम नभएको बताए।
नेपाल बैंककै सिटी अफिस बिर्तामा एटिएम सेवा लिन पुगेका वीरगंजका अशोक कुशवाहाले पनि मशिनले रकम नदिएपछि आदर्शनगर पुगेको र त्यहाँ पनि रकम नपाएको बताए। उनले छठको लागि आवश्यक लत्ताकपडा, सामान खरीद गर्न कार्ड लिएर गएको तर एटिएमले पैसा नदिएको कारण निराश भएको बताए। चाडपर्वमा बैकिङ सेवा बन्द गरी विद्युतीय बैंकिङ सेवा मात्र सुचारु गरेका वीरगंजका विभिन्न बैंकहरूले प्रभावकारी ढङ्गले सेवा दिन नसक्दा थुप्रैले समस्या भोग्नुप–यो।
नेपाल बैंकको एटिएममा रकम भएन भने अन्य एटिएमहरूमा पनि केही न केही समस्या ग्राहकले भोग्नुप–यो। बैंक सेवा बन्द गर्दा विद्युतीय सेवा अपडेट नगर्दा विभिन्न बैंकहरूमा रहेका एटिएम ग्राहकले समस्या भोग्नुपरेको हो।
यसबारे नेपाल बैंक लिमिटेड आदर्शनगर शाखाका प्रबन्धक रामबाबू कुमारले बुधवार कार्यालय खुलेपछि मात्र प्राविधिक समस्या हल हुने बताए। उनले राष्ट्र बैंकको निर्देशन अनुसार जुनसुकै बैंकमा कुनै पनि बैंकको एटिएम प्रयोग गरेर रकम झिक्न सकिने व्यवस्था गरिएको बताए। तर यसबारे सेवाग्रहीलाई सूचित नगरिएकोले धेरैले समस्या भोग्नुपरेको हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्