बाराबाट १२ जना जुवाडे पक्राउ, १ लाख १७ हजार नगद बरामद

0
27

प्रस, परवानीपुर, २ मङ्सिर/
बारा प्रहरीले दीपावलीको दिन जुवा खेलिरहेका १२ जनालाई पक्राउ गरेको छ।
शनिवार दिउँसो साढे १२ बजे बारा, करैयामाई गाउँपालिका–१ जब्दी टोलमा स्थानीय राकेशप्रसाद साहको कुखुरा फार्ममा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा हानी उनीहरूलाई पक्राउ गरेको हो। पूर्व सूचना पाएर उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको बाराका डिएसपी गौतम मिश्रले जानकारी गराए।
इलाका प्रहरी कार्यालय, कोल्हवीका इन्चार्ज प्रहरी निरीक्षक शेखरकुमार साहको कमान्डमा खटेको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा १२ जनाबाट जुवा खालबाटै नगद रु १ लाख १७ हजार बरामद गरेको छ भने उनीहरूको साथबाट १६ वटा कौडा पनि बरामद भएको बारा प्रहरीले जनाएको छ।
तराईमा दीपावलीमा जुवा खेल्ने सामाजिक कुरीति विद्यमान छ। कतिपय पाँच तारे होटल र विभिन्न गाउँमा दीपावलीदेखि छठसम्म अवैध जुवा खेल्ने खेलाउने काम हुन्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्