दीपावलीको दियोले आगलागी हुँदा १५ वर्षीय किशोरीको मृत्यु

0
22

प्रस, परवानीपुर, २ मङ्सिर
पर्सामा दीपावलीको दिन बहुदरमाई नगारपालिका–८ रामनगरीमा  मनबोध साहको घरमा आगलागी हुँदा निजकी १५ वर्षीया छोरी मनाकुमारी साहको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ।
राति १० बजे दीपावली गर्न बालिएको दियोको आगो फुसको घरमा सल्कँदा आगालगी भएको थियो।
घरमा मनाकुमारी एक्लै सुतिरहेको अवस्थामा आगलागी भएकोले उनको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। परिवारका अन्य सदस्य फुसको घर नजीकै खपडाघरमा सुतेकाले जोगिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
आगलागीबाट घर, लत्ताकपडा, अन्न, गरहना, नगद गरी कुल ५ लाख बराबरको क्षति भएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी मनोजित कुँवरले जानकारी गराए। पोखरिया र वीरगंजबाट गएको वारुण यन्त्रले आगलागी नियन्त्रणमा लिएको थियो। मनाकुमारी साहको शव पोस्टमार्टमपछि परिवारजनको जिम्मा लिगाइएको पर्सा प्रहरीले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्