चरेससहित दुईजना युवक पक्राउ

0
26

प्रस, वीरगंज, २ मङ्सिर/
वडा प्रहरी कार्यालय, बिर्ताले मितेरी पुल नजीकबाट दुईजना पैदल यात्रीको चेकजाँच गर्ने क्रममा साढे दुई किलो चरेसहित बरामद भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।
सूचनाको आधारमा सोमवार बिहान १० बजे मितेरी पुल नजीक दुईजना युवकको चेकजाँच गर्दा उनीहरूबाट २ किलो ४४५ ग्राम चरेस बरामद भएको प्रहरीले जनाएको छ।
चरेससहित वीरगंज महानगरपालिका –३ छपकैया निवासी २८ वर्षीय अभिषेक श्रीवास्तव र वीरगंज महानगरपालिका–५ बस्ने २३ वर्षीय धीरज पटेललाई पक्राउ गरेको र थप अनुसन्धान भइरहेको जिप्रका, पर्साले जानकारी गराएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्