कुटपिटको आरोपमा एकजना पक्राउ

60

प्रस, वीरगंज, २ मङ्सिर/
कुटपिट गरेको अभियोगमा इलाका प्रहरी कार्यालय, पोखरियाले मङ्गलवार एकजनालाई पक्राउ गरेको छ।
पकाहामैनपुर गापा–१ धोरे निवासी रामजी शर्मा लोहारलाई कुटपिट गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।
उनले आज पकाहास्थित पेट्रोल पम्पमा लहावरथकरी निवासी मुख्तार मियाँलाई कुटपिट गरेका थिए। कुटपिटबाट मियाँको दाहिने खुट्टा भाँचिएको छ। उनको उपचार नेशनल मेडिकल कलेजमा भइरहेको स्थानीय मनोज साहले बताए। प्रहरीले पुरानो इवीको कारण शर्माले मियाँलाई कुटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्