शुभ दीपावली/तिहार– आउँदै गरेको समुज्वल र स्वर्णिम देवयुगको साङ्केतिक उत्सव

0
23

अत्यन्तै श्रद्धा, अगाध आस्था र निकै हर्षाेल्लासपूर्ण तवरले मनाइने विभिन्न पर्वहरूमध्ये विजयादशमीपछि हामी नेपालीहरूको सर्वाधिक महŒवपूर्ण दोस्रो महान् राष्ट्रिय पर्व शुभ दीपावली अर्थात् तिहार हो । असत्य, अधर्म, अज्ञानता, तमस अन्धकार तथा क्षणभङ्गुरता र अकाल मृत्युमाथि क्रमशः अटलसत्य, आध्यात्मिकता, सतोप्रधानताको आलोक तथा अविनाशत्व र आत्मिक अमरताको दिग्विजयको प्रतिकात्मक महाउत्सव यो शुभ दीपावली तथा तिहारले अनेकौं दिव्य, महान् एवं गहन आध्यात्मिक मर्महरूलाई दर्शाउँदछ ।
    अनेकौं धर्म, जाति एवं भाषा–संस्कृतिको विविधताका बावजूद पनि अनेकतामा एकताको दुर्लभ विशेषताबाट शृङ्गारित हाम्रो देशमा विशेष पहाडी इलाकामा काग तिहार, कुकुर तिहार, गाइतिहार तथा लक्ष्मीपूजा, गोवर्धनपूजा, म्हपूजा एवं गोरूपूजा र भाइटीका तथा नेपाल संवत् शुभारम्भ आदि गरी पाँच दिनको अवधिलाई विशेषतः यमपञ्चकका रूपमा मनाइन्छ भने तराई–मधेस तथा भारतीय भूभागमा क्रमशः धनतेरस
(धन्वन्तरि तथा कुबेर दिवस), नरकचौदश/नरकचतुर्दशी/छोटी दिवाली, बडी दीपावली/लक्ष्मीपूजन, गोवर्धनपूजा र भैयादूज गरी पाँच दिनसम्म बडो अगाध श्रद्धा, आस्था र विश्वासका साथमा मनाइन्छ ।
    विजयादशमीको जस्तै यो महान् पर्वको आप्mनै विशेष कथा, मर्म र महŒवहरू छन् । जस्तै पहाडी समुदायमा प्रथम दिवसलाई काग तिहारको नामले कागलाई मृत्युका देवता यमराजको सन्देशवाहक दूतको रूपमा पूजन, सम्मान तथा परिकारहरू खुवाएर मनाइन्छ भने दोस्रो दिवसलाई कुकुर तिहारको रूपमा यमराजकै द्वारपाल तथा मानवजातिको इमानदार तथा आज्ञाकारी सेवकको रूपमा कुकुरको पूजन, अर्चनसहित मिष्ठान्नहरू खुवाएर सम्मान अर्पण गर्ने गरिन्छ भने तेस्रो दिवसमा घरपालुवा प्राणीहरूमा अत्यन्तै सुशील, विनम्र तथा उपयोगी जनावर गाईलाई अनेक देवीदेवताको सामूहिक प्रतीकको रूपमा निकै श्रद्धा र सम्मानसहित पूजा, सम्मान गरिन्छ भने सोही दिनको साँझ श्रीसम्पत्ति, समृद्धि तथा ऐश्वर्यकी अधिष्ठात्री देवी श्री लक्ष्मी माताको अत्यन्तै भक्तिभावका साथ घरआँगनका कुनाकुना पूर्ण साफ सफाइ गरेर विभिन्न सुन्दर रङ्गोली तथा स्वस्तिकको चिह्न बनाएर दियो, कलश र श्रीगणेशसहित भव्यरूपमा पूजा, उपासना र आराधना तथा आह्वान गर्ने गरिन्छ भने चौथो दिवसमा गोवर्धन पर्वत तथा कृषि कार्यमा अत्यन्तै सहयोगी गौप्राणी गोरूको पनि पूजा र सम्मान गरिनुका साथै विशेष नेवार जातिमा म्ह पूजा अर्थात् स्व पूजाको अनुष्ठान पनि गरिन्छ र अन्ततः अन्तिम पाँचौं दिनमा दिदीबहिनीहरूले दाजुभाइहरूलाई मखमली, सयपत्री तथा दुबोको मालाका साथमा सप्तरङ्गी टीका, तेल, ओखर, नरिवललगायत अनेकौं स्वादिष्ट पकवान्नहरूका साथमा भाइ पूजन गर्ने तथा दाजुभाइहरूले आआप्mना क्षमता अनुसारका उपहार तथा दक्षिणा दिएर दिदीबहिनीहरूलाई प्रसन्न पार्ने गरी अत्यन्तै हर्षोल्लासमय वातावरणमा सुसम्पन्न गरिन्छ ।
    त्यसैगरी, तराई–मधेस तथा भारतीय भूभागमा मनाइने दीपावलीको मूल विधिमा निकै समानता भएपनि क्षेत्रीय विविधताअनुरूप निकै रोचक तथ्यहरूमा भिन्नता रहेको पाइन्छ । जस्तै पञ्चदिवसीय दीपावलीको शुभारम्भको दिवस कृष्ण पक्षको त्रयोदशीमा देवता र दानवहरूबीच भएको विशाल समुद्रमन्थनबाट हातमा अमृतकलश लिएर उत्पन्न भएको मानिने देव वैद्य धन्वन्तरि तथा सोही दिनमा जन्म भएको मानिने देवताहरूका धन एवं अर्थ विभागका प्रमुख देव कुबेरको पूजा, आराधना र उपासना गरी मनाइन्छ । पुराना सामग्रीहरूलाई हटाएर नयाँ भाँडाकँुडा, यन्त्र एवं सामग्रीहरू खरीद गर्ने गरिन्छ । त्रयोदशीमा यी क्रियाहरू विधिपूर्वक गरिंदा ते¥ह गुणाले श्रीवृद्धि हुने तथा आरोग्यता प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ । दोस्रो दिनलाई मृत्युदेव यमराजको सम्मान गरिंदै तथा माता लक्ष्मीको प्रादुर्भाव भएको दिवस भएको हुँदा दुवै द्वारहरूअगाडि दीप प्रज्वलित गरी यमराज तथा श्रीलक्ष्मीप्रति विधिपूर्वक पूजन, उपासना अर्पण गर्ने गरिन्छ । तेस्रो दिन दीपावलीका दिनहरूमध्ये सर्वाधिक महŒवपूर्ण दिवसका रूपमा अत्यन्तै अगाध श्रद्धा र विधिबाट भव्यरूपमा श्रीलक्ष्मीजीको पूजन, आराधना र उपासना गरी उनलाई प्रसन्न गरी आह्वान गरिन्छ । चारैतिर दियो बालेर अन्धकारमय रातमा पनि अत्यन्तै झिलिमिली उज्यालो पारेर दिनको प्रतीत हुने किसिमको उज्यालो, प्रकाशमय पारी चारैतिर विभिन्न सुन्दर सुगन्धित पुष्पमालाहरूले शृङ्गार गरी अति स्वच्छता र सुन्दर सजावटका साथमा श्रीलक्ष्मीजीको आह्वान गरिन्छ भने साथमा दियो, कलश र श्रीगणेशजीको पनि विधिपूर्वक उपासना र पूजन गरिन्छ । चौथो दिनमा पहाडी भूभागमा झैं गोवर्धन पर्वतको प्रतीकात्मकरूपमा पूजा अर्पण गरिन्छ भने अन्तिम दिनमा भैयादूज दाजुभाइहरूको पूजन, सम्मान र खातिरदारी गरी विभिन्न विधिले बडो हर्षोल्लासमयरूपमा यसरी यो पाँच दिवसीय दीपावली सम्पन्न गरिन्छ ।
    अब यी त भए सबै बाह्य रीति, थिति र परम्परागत संस्कार र स्थुल क्रियाहरू तर यी सबै क्रियाहरूको पछाडि रहेको मूल आध्यात्मिक मर्म के हो त । के साँच्चै यति गरेपछि श्रीलक्ष्मी माताको आशीर्वाद पाएर हामी अत्यन्तै सुसम्पन्न, सुखी र शान्त भयौं त, हाम्रा सबै अज्ञानता, पाप, अधर्म नाश भएर हामी पावन भयौं त, यमराज प्रसन्न भएर हामी अकाल मृत्युको भयबाट दुःख, कष्ट र अभावबाट पूर्णतः मुक्त भयौं त, यत्र–तत्र–सर्वत्र अज्ञानता, अन्योलता, भ्रमको अन्धकार समाप्त भएर ज्ञान, सद्विवेक, आध्यात्मिक प्रज्ञाको उज्यालो प्रकाश, या उज्यालोबाट संसार प्रकाशित भयो त ? आखिर हरेक वर्ष परम्परागत विरासतकै रूपमा यी सबै विधिविधान निकै आस्था र समर्पण भावका साथमा हरेक पुस्ताले सम्पादन गर्दै आए पनि अकाल मृत्यु, दुःख, पीडा, अभाव, कष्ट, अज्ञानता र अन्योलताको विकराल अन्धकार ज्यूँका त्यूँ नै किन छ त ? के यी सबै कुरा कपोलकल्पित, भ्रामक या मनगढन्ते मात्रै थिए त ? यक्ष प्रश्नको रूपमा अभेद्य रहस्य बनेर रहेको छ ।
    वास्तवमा यी सबैको पछाडि हामीले केवल उही एउटै र दुरूस्तै महाभूल दोहो¥यायौं हामीले । जसरी केराको पात–पातमा पात र ज्ञानीको बात–बातमा बात हुन्छ भनेझैं हाम्रा ती अत्यन्तै महान् प्रकाण्ड विद्वान् पूर्वज ऋषिमुनि एवं तपस्वी महात्माहरूले हजारौं वर्षपूर्व नै जीवन र जगत्को विविध रहस्य खोल्ने किसिमका आध्यात्मिक रहस्यले पूर्ण विभिन्न रोचक कहानीहरूको निर्माण गरी त्यसलाई संस्कार र उत्सवहरूको रूप दिए ताकि युगौंयुगसम्म ती कहानीहरूसहितका संस्कार एवं उत्सवहरूमार्पmत मानवले श्रेष्ठ जीवन जीउने सही प्रेरणा प्राप्त गरिरहोस् तर विडम्बना हामीले केवल दन्त्यकथाका रूपमा मात्रै सुन्दै आयौं, वास्तविकता पहिल्याउनुको सट्टामा बरू धर्म या पर्वका नाममा विभिन्न प्रकारका आडम्बर प्रदर्शन ग¥यौं, तर ती पर्वहरूको कथाभित्रको मूलभाव या शाश्वत मर्मलाई बुझ्ने प्रयत्न कदाचित पनि गरेनौं अनि जुन लाभ यसको मर्मलाई जीवनमा धारण गर्नाले प्राप्त गर्न सकिन्थ्यो, त्यसबाट सदा सर्वदा वञ्चित रह्यौं अनि आप्mनै महान् संस्कृतिप्रतिको वितृष्णा पैदा भई पाश्चात्य कुसंस्कारहरूको अन्धानुकरण गर्न पुग्यौं, सौर्यमण्डलमा बसेर सानो टर्च बालेर सूर्यलाई नै खोज्न थाल्यौं बडो लज्जास्पद र हाँस्यास्पद ढङ्गबाट ।
    जसरी विजयादशमीको आप्mनै आध्यात्मिक मर्म अनुसार परमात्माद्वारा समस्त नारी शक्तिलाई आध्यात्मिकरूपमा सशक्त गरी सम्पूर्ण मानव आत्माहरूभित्र रहेको विषय विकाररूपी महिषासुर आदि दुर्गुणहरूमाथि विजय गराएको कालखण्ड अर्थात् वर्तमान सङ्गमयुगको ईश्वरीय पुरूषार्थी जीवनको प्रतीक उत्सव भएझैं त्यसलगत्तै आउने यो दीपावली पर्वले सङ्गमयुगपछि आउने महान् स्वर्णिम युग तथा सत्ययुगी संसारको समुज्वलता तथा सङ्गमयुगकै पुरूषार्थी जीवनबाट प्राप्त हुने भविष्य सुन्दर र दिव्य प्रालब्धलाई स्पष्टरूपमा इङ्गित र सङ्केत गर्दछ ।
    वास्तवमा दीपावली शब्द क्रमशः दीप र आवली शब्दहरूको संयोजनबाट निर्मित शब्द हो, जसको अर्थ दियोको पङ्क्ति, लहर या समूह भन्ने दर्शाउँदछ । वास्तवमा दियोविना त दीपावलीको कल्पनासम्म पनि निरर्थक हुन्छ किनकि दीपावली नाममा नै दीप शब्द अन्योन्याश्रितरूपमा प्रयुक्त छ । संसारका प्रायः सम्पूर्ण सभ्यता, धर्म तथा संस्कृतिमा दियो, प्रकाश, अखण्डदीप, ज्योति स्तम्भ आदि विभिन्नरूपमा दियोकै सर्वाधिक महŒव रहेको पाइन्छ, जसमा प्रज्वलित हुने अण्डाकारको सुनौलो, रातो र पहेंलो रङ्गको ज्योतिपुञ्जले आध्यात्मिक भावार्थमा पवित्रता, आध्यात्मिक शक्ति र परमानन्दका चैतन्य स्वरूप निराकार ज्योतिस्वरूप परमात्मा र साथमा क्रमशः बालिने ससाना दीपहरूले संसारका समस्त ज्योतिस्वरूप आत्माहरूलाई सङ्केत गर्दछ । अतः यो दीपावली एक त परमजागती ज्योति, सदा अजन्मा, अभोक्ता, अजर, अमर, महामृत्युञ्जय परमज्योति परमात्माको ज्ञानज्योतिको सङ्केत पर्व हो भने अर्कोतर्पm सो आध्यात्मिक ज्ञानमार्पmत सम्पूर्ण आत्माले प्राप्त गर्ने शाश्वत शान्ति आनन्द, अविनाशी खुशीको आभा तथा उज्यालोलाई इङ्गित गर्दछ । जस कारण यसलाई प्रकाशोत्सव, दीपोत्सव, उज्यालोको महापर्व पनि भनिन्छ । धन्वन्तरि दिवस तथा धनतेरसको भावार्थ जब हामी ईश्वरीय ज्ञानलाई विचार एवं मनरूपी सागरमा मनन–चिन्तन गर्दछौं, तब त्यसबाट महान् आत्मबोध, परमात्मबोध, कर्मबोध, सृष्टिबोध एवं अविनाशी खुशी, आनन्द र पवित्रतारूपी अमृत प्राप्त गर्दछौं, जसबाट हाम्रा समस्त प्रकारका शारीरिक, मानसिक एवं सामाजिक रोगव्याधि एवं विकृति समूल नष्ट भई सम्पूर्ण आरोग्यता, स्वास्थ्य र सम्पन्नता प्राप्त गर्दछौं भने परिणामस्वरूप हामी आत्मस्मृतिमा रहनाले मृत्युको भय समाप्त हुन जान्छ भने हाम्रो सम्पूर्ण पवित्रताको सतोप्रधान प्रभावबाट प्रकृतिसमेत सतोप्रधान भई अकाल मृत्यु, रोगव्याधिबाट छुटकारा पाउँदछौं । अर्को श्रीलक्ष्मीदेवीको आह्वानको पर्व पनि हो अर्थात् जब ज्योतिका पनि परमज्योति परमात्माको आध्यात्मिक प्रज्ञालाई हामी धारण गर्दछौं, तब नै हामीमा समस्त दिव्य लक्षण, गुण, विशेषताको उजागर हुन पुगी सुख, शान्ति तथा समृद्धिले भरिपूर्ण हुन्छौं । अब यो धरा यस्तो सुन्दर एवं स्वर्णिम संसारमा परिणत हुन्छ कि जहाँ पशु प्राणीहरूसमेत पवित्र, पुज्य, अति सहयोगी, सतोप्रधान र सुखदायक हुन्छन्, जसको सङ्केतको रूपमा काग, कुकुर, गाई तथा गोरू आदिको पूजन एवं सम्मानको प्रथा विकसित भयो भने स्वर्णिम युगमा पहाड, पर्वतहरू पनि अत्यन्तै सुन्दर, बहुमूल्य हीरा, सुन, खनिज, पवित्र तथा शक्तिशाली जडीबुटी तथा सुन्दर प्राकृतिक दृश्यहरूले सुशृङ्गारित रहन्छन् । जुन सर्वहितकारी हुन्छ, जुन तथ्यलाई सङ्केत गर्न गोवर्धन पर्वतको पूजन प्रचलित गरियो । त्यस्तै, पूर्वीय संस्कृतिमा वृषभ तथा गोरूलाई धर्मको प्रतीकका रूपमा तथा यसका चार पाउलाई धर्मका चार अङ्ग सत्य, दया, शान्ति र अहिंसाको प्रतीक मानिन्छ भने परमात्माको वाहनको रूपमा सम्मान गरिन्छ । वास्तवमा सत्युगी संसारमा यी सत्धर्मका चारै स्तम्भ आप्mनो पूर्ण एवं चरमोत्कर्षमा रहने हुँदा यसको सङ्केतको रूपमा वृषभको पूजा गरिने विधान बनाइयो भने परमात्मा पिताले आध्यात्मिक ज्ञानमार्पmत सम्पूर्ण आत्मालाई आत्माको वास्तविक स्वरूपको स्मृति दिलाएर आत्माको महानता, अमरत्व र शाश्वतताको बोध गराउनु हुन्छ, स्वयंको महान् दिव्य विशेषता र महानताको चिन्तन गराउनुहुन्छ तथा आत्मा उत्थान गराउनुहुन्छ, जसको स्मृतिका रूपमा नेवार सम्प्रदायमा म्ह पूजा अर्थात् स्वपूजा या आत्म पूजाको विधि प्रचलित हुन्छ । अनि अन्ततः जब यी सम्पूर्ण दिव्यता र विशेषताहरू आत्माभित्र उजागर हुन्छ तथा आत्मा पूर्णरूपमा सतोप्रधान, परमपवित्र तथा सम्पूर्ण पावन बन्दछन् । आत्मा सात गुण ज्ञान, सुख, शान्ति, आनन्द, प्रेम, पवित्रता र शक्ति आदि सात दिव्य एवं मूल नैसर्गिक ईश्वरीय गुणहरूबाट शतप्रतिशत परिपूर्ण, सुसम्पन्न, भरिपूर्ण र सुशृङ्गारित रहन्छन्, जसको पूर्ण प्रभाव, समस्त पञ्च महाभूत प्रकृति, प्राणी एवं वायुमण्डलमा पर्दा सोही अनुरूप पञ्च प्रकृतिबाट निर्मित देवताहरूका शरीर पनि कमल पुष्प समान सम्पूर्ण शुद्ध, पावन, पवित्र, आरोग्यमय, दीर्घायु तथा अति सुखदायक रहन्छन्, मृत्यु शब्दको कल्पना या अस्तित्व नै रहन्न किनकि शरीर बदल्ने प्रक्रिया बिल्कुलै स्वाभाविक, अतिसहज, उत्सवमय र आनन्दमय र मृत्युबोधरहित शाश्वत आत्मबोधसहित हुने गर्दछ । जसलाई इङ्गित गर्न यमपञ्चकको अन्तिम दिन  भाइटीका या भैयादूजमा दिदीबहिनीहरूले दाजुभाइहरूलाई सात रङ्गको टीका, कहिल्यै नओइलाउने मखमली पूmल, दुबोको माला, नसुक्ने तेल आदिद्वारा पूजन एवं सम्मान गरी यमदूतको बाटो छेकिन्छ, जुन क्रियाले सत्ययुगी देवीदेवताहरूको अमरजीवनशैलीको झल्को लाक्ष्यणिकरूपमा प्रस्तुत गर्ने गर्दछ । अतः दीपावली पर्व वर्तमान अज्ञानता, अधर्म र तमोप्रधानताको अँध्यारो युगको समाप्तिपश्चात् निकट भविष्यमा शीघ्र नै आगमन हुँदै गरेको नवीन, स्वर्णिम, सर्वत्र सर्वाङ्गीण समुज्जल कृतयुग या सत्ययुगी दैवी संसार तथा देवयुगको साङ्केतिक पर्व रहेको हुँदा यी तमाम रहस्यहरूलाई मनन गर्दै नवयुगका परमसर्जक, सर्वोच्च स्रष्टा ईश्वर
पिताको ईश्वरीय ज्ञानको आलोकले आप्mनो आत्मारूपी दियोलाई प्रकाशित गरौं, दीपावलीका दिनमा केवल
घरआँगन मात्रै होइन परन्तु आप्mनो मन, विवेक एवं संस्कारको पनि सम्पूर्ण सफाइ गरौं, आत्म स्मृतिमा रही सात गुणरूपी सप्तरङ्गी तिलक ईश्वरीय सन्देशका संवाहक बालब्रह्माचारिणी ब्रह्माकुमारी दिदीबहिनीहरूबाट ग्रहण गर्दै मृत्युका पनि महामृत्यु महामृत्युञ्जय परमात्माबाट अमरभावको वरदान प्राप्त गरौं ।
    यसपालिको यो महान् पर्व दीपावलीलाई वर्तमानमा वैश्विक महासङ्कटकारूपमा देखा परेको कोभिड–१९ को संवेदनशीलता र गम्भीरतालाई मध्यनजर राख्दै सरकार, स्वास्थ्य मन्त्रालय तथा स्थानीय सरकारद्वारा तोकिएको मापदण्डअनुरूप संयमित र सुरक्षित भई मनाऔं ।
    यो महान् चाडमा केवल औपचारिकता र आडम्बरिता मात्र प्रदर्शन नगरी यस पर्वभित्रका मूल आध्यात्मिक मर्मलाई समेत अङ्गीकार गर्दै सबै पुराना स्वभाव संस्कार, अज्ञानता, भ्रम, अन्योलता, वैमनस्यतारूपी अन्धकारहरूलाई दिव्य ज्ञान, दिव्य गुण, विशेषता, अविनाशी खुशी, आत्मबोधको ईश्वरीय अमरत्वको वरदानरूपी प्रकाशको उज्यालो आलोकले आपूmलगायत सकल आत्माहरूको जीवनलाई पनि आलोकित, प्रकाशित एवं आच्छादित गर्दै बडो हर्षोल्लासमयरूपमा भव्य र सभ्य तवरमा शुभ दीपावली या तिहार मनाऔं ।
– ब्रह्माकुमारी रविना
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, वीरगंज

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्