भारतीय सीमा नाका खुलाउन धर्ना

0
28

प्रस, रौतहट, २८ कात्तिक/
नेपाल–भारत सीमानाका हालसम्म नेपालतर्फबाट सिल रहेपछि शुक्रवार नागरिक समाजका पदाधिकारीहरूको सहभागितामा सर्वपक्षीय टोलीले सीमानाकामा धर्ना दिएको छ ।
गत चैत महीनादेखि सीमानाका बन्द रहँदा स्थानीय जनता मारमा परेकोले सीमा खुलाउन धर्ना दिएको नागरिक समाजका अध्यक्ष जगन्नाथप्रसाद केसरीले बताए ।
नागरिक समाजको अगुवाइमा प्रदेशसभा सदस्य बाबुलाल साह, गौर नगरपालिकाका प्रमुख अजयकुमार गुप्ता, नेता रेवन्त झा, अनिल सिंह, मोहन यादव, भरत साहलगायतका नेताहरूसमेत धर्नामा बसेका थिए ।
लामो समयदेखि भारत जाने बाटो सिल रहेपछि दैनिक उपभोग्य वस्तुको चर्को मूल्य तिर्नुपरिरहेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । स्थानीय नागरिकहरूले जुलुस प्रदर्शन गर्दै गौर नाकाबाट भारत जान खोजेका थिए। प्रहरीले भारत जान रोक लगाएपछि केहीबेर स्थानीयसँग भनाभन भएको थियो । नाका खुलाउन ज्ञापनपत्र, धर्ना हुँदै आएकोमा आज दोस्रोपटक धर्ना दिइएको हो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्