भारतीय बजारमा किनमेल गर्न नेपालीहरू जाँदै

0
36

प्रस, सेढवा, २८ कात्तिक/
पर्साको ग्रामीण क्ष्ँेत्रका मानिसहरू दीपावली तथा छठ पर्वको सामग्री किनमेलको लागि भारतीय बजारमा जान शुरू गरेका छन्। सीमा सिल भएपनि केही महीनाअघिदेखि नै भारतीय बजारमा नेपाली ग्राहकहरू किनमेलका लागि जाने गरेका हुन् ।
दशैंमा पनि उनीहरूको किनमेल भारतीय बजारबाट भएको थियो । नेपालमा भारतमा सामानहरू सस्तोमा पाइने हुनाले प्रायः ग्रामीण क्ष्ँेत्रका मानिसहरू सीमावर्ती भारतीय बजार सिकटा, मैनाटार, इनर्वा, भङ्गाहा, जमुनियालगायतका बजारहरूमा जाने गर्छन् ।
दीपावली तथा छठ पर्वको किनमेलमा पनि अहिले यी बजारहरूमा नेपाली ग्राहकहरूको भीड बढेको छ ।
शुक्रवार धनतेरसको दिन धातुका सामान किन्न छिपहरमाई, ठोरी, जीराभवानी, पटेर्वासुगौली, जगरनाथपुर, धोबिनी, पोखरियालगायतका क्षेत्रबाट मानिसहरू सीमापारि पुगेर किनमेल गरेका थिए । नेपाली ग्राहकहरूलाई लक्षित गरेर त्यहाँका पसलेहरूले सामग्रीहरू राख्ने गरेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्