प्रहरी र सशस्त्र प्रहरीबीच पुनः झडप

0
30

प्रस, वीरगंज, २८ कात्तिक/    
सादा पोशाकमा रहेका प्रहरी र सशस्त्र प्रहरीबीच शङ्कराचार्य गेटमा बिहीवार पुनः झडप भएको छ ।
दुईजना भारतीय नागरिकलाई काठमाडौंबाट पक्राउ गरी भारत लैजाने क्रममा मितेरी पुलमा सशस्त्र प्रहरीले रोकेको थियो । सादा पोशाकमा रहेका प्रहरीले आफ्नो परिचय नदिएको कारण दुवैबीच झडप भएको थियो । सशस्त्र प्रहरीले उनीहरू चढेको गाडी रोक्न खोजेको तर गाडी नरोक्दा विवाद भई झडप भएको प्रत्यक्षदर्शीले बताए। बिहीवार दिउँसो १ बजे मितेरी पुलमा घटना भएको हो । सशस्त्र प्रहरीलाई सादा पोशाकमा रहेका प्रहरीले आफ्नो परिचय नदिएको र गालीगलौज गरेपछि सो झडप भएको थियो ।
सादा पोशाकमा रहेका प्रहरीको गाडी सशस्त्रले रोकेपछि त्यसमा रहेका दुईजना भारतीयले आफूलाई अपहरण गरेको भन्दै हल्लीखल्ली मचाएका थिए । सादा पोशाकमा रहेका प्रहरीले परिचय नदिनु र उनीहरूसँग भएका व्यक्तिले अपहरण गरेको भनी हल्ला गरेपछि सशस्त्रले सादा पोशाकका प्रहरीलाई कुटपिट गरेको बुझिन आएको छ । सादा पोशाकका प्रहरीसँगै भारतीय प्रहरी पनि थिए । उनीहरू पनि सादा पोशाकमा भएकाले सशस्त्रले कुटपिट गर्न थालेपछि भागेका थिए । सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले स्पस्ट जानकारीको अभावमा घटना भएको र अहिले विवाद सुल्झिएको बताए । उनले गाडी र त्यसमा भएका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय, पर्सामा जिम्मा लगाएको बताए ।
यसअघि, बुधवार पनि वीरगंज–१६ इनर्वामा सशस्त्र र प्रहरीबीच झडप भएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्