प्रदेश सरकारद्वारा महामारीविरूद्ध तेस्रो चरणको तयारी

0
26

प्रस, वीरगंज, २८ कात्तिक/
प्रदेश २ को गृहमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले कोरोना महामारीविरूद्ध तेस्रो चरणको तयारीमा पुगिसकेको निष्कर्ष निकालेको छ ।
बिहीवार सम्पन्न बैठकले महामारीविरूद्ध तेस्रो चरणको तयारीस्वरूप ५० हजार भिटिएम, रिएजेन्ट खरीद गरिसकेको, पिसिआर ल्याब सञ्चालन गर्न बाँकी रहेका चार जिल्लामा यसै सातादेखि सञ्चालनमा ल्याउने सामाजिक विकास मन्त्रालय आपूर्ति महाशाखाका डा प्रमोद यादवले बताए ।

तेस्रो चरणको लागि महŒवपूर्ण रहेको अस्पतालमा आधारित उपचार प्रणालीलाई सुदृढ बनाउन प्रदेशभरिका ६ वटा अस्पतालमा २५ शøयाको दरले १५० शøया उच्च निर्भरता कक्ष्ँ निर्माण गर्ने निर्णय भएको छ । यसैगरी, प्रदेश सरकारको आर्थिक सहयोगमा विभिन्न अस्पतालले खरीद गरेका भेन्टिलेटरलाई यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक दक्ष जनशक्ति व्यवस्थापन गर्ने निर्णय भएको छ ।
मुख्यमन्त्री लालबाबूराउत गद्दीको अध्यक्षतामा बसेको बैठकले निकट भविष्यमा तयार हुने कोरोनाविरूद्धको खोप व्यवस्थापन गर्न तीन सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ । सङ्क्रामक रोग विशेषज्ञ एवं विज्ञ समूहका सदस्य डा गरीबनाथ ठाकुरको संयोजकत्वमा गठित समितिमा आपूर्ति महाशाखाका निर्देशक डा प्रमोद यादव र स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्