पुर्जा छ जग्गाको टुङ्गो छैन, एउटाको घर अर्कोको जग्गामा

93

जीतलाल श्रेष्ठ, निजगढ, २८ कात्तिक/
बारा, कलैयाको नापी कार्यालयका कर्मचारीहरूका कारण साबिक रतनपुरी गाउँ विकास समिति वडा नं ८ लाल हाल निजगढ नगरपालिका–१० लालका स्थानीयहरू वर्षौैंदेखि जग्गा विवादबाट मुक्त हुन सकेका छैनन् ।
तत्कालीन मर्नहवा गाविस साबिक रतनपुरी गाविस हाल निजगढ नगरपालिकामा रूपान्तरण भइसक्दा पनि जग्गा विवाद जस्ताको त्यस्तै छ । २०२२ सालदेखि नै नापी कार्यालय बाराका अमिनलगायत अन्य कर्मचारीहरूले जग्गा किनबेच गरी नापनक्शा गर्न आउने सेवाग्राहीहरूको जग्गाको नापी गर्न स्थलगतरूपमा नगई कार्यालयमैं बसेर कित्ताकाट गरेका कारण समस्या निम्तिंदै अहिले जटिल बनेको स्थानीय तुलबहादुर कार्कीले बताए ।
शुरूमा १०–१५ घरधुरी बसेको बस्ती अहिलेसम्म आइपुग्दा घना भइसकेको छ । अहिले डेढ/दुई सयभन्दा बढी घरधुरी छन् । बेलैमा समस्यालाई निराकरण गर्नेतर्पm ध्यान नदिंदा अहिले एक छिमेकीको कित्तामा अर्कै छिमेकीको घर परेको छ । कतिको हातमा जग्गाधनी पुर्जा छ । तर जग्गा कहाँ छ, यकीन हुन सकेको छैन ।
पहिल्यै यस्ता प्रकृतिका जग्गालाई स्थायीरूपमा मिलाउनुपर्ने कुरा गाउँलेहरूबीच पटक–पटक उठे पनि अहिले सबै चुपचाप छन् । हाम्रो पुस्तामा भएको समस्यालाई आगामी पुस्ताको काँधमा थोपरेर जान नहुने स्थानीय वृद्धवृद्धा एवं समाजसेवीहरू बताउँछन् ।
सबै मिलेर समस्यालाई समाधान गर्नुपर्छ । गाविस हँुदा नसके पनि अहिले स्थानीय तह नगरपालिका भइसकेपछि वडा कार्यालय, नगरपालिकामा समस्या समाधान गर्न पहल गरिदिन पीडित लालवासीहरू एकमत भई अग्रसर हुन ढिलाइ गर्न नहुने स्थानीय समाजसेवी लोकनाथ अधिकारी र मीनराज रिमालले बताए ।
“ढिलाइ हँुदै जाँदा जग्गाको भाउ बढ्दै जान्छ, त्यसले समस्या झनै जटिल बन्न सक्छ,” अधिकारी र रिमालले थपे ।
स्थानीय गाउँलेका ५०–६० बिघाभन्दा बढी क्षेत्रफलको जमीन यस्तै समस्यामा रूमलिएपछि छिमेकी–छिमेकीबीच विवाद विवाद बढ्ने सम्भावना देखिएको छ । वर्षौंदेखि जुन जमीनमा बसोवास गर्दै आइरहेका छन्, त्यही स्थानमा बसोवास कायम गराइ समस्या समाधान गर्नुपर्ने अधिकांश गाउँलेको भनाइ छ ।
वर्षौंदेखि समस्या छ । समस्या लिएर गाउँले वडा कार्यालयमा आए । पहल गर्न आफू तत्पर रहेको निजगढ नपा–१० का अध्यक्ष पद्मबहादुर मोक्तानले भने । वडाले नसके निजगढ नपामा पनि समस्या समाधानका लागि पहल गर्न आफूले आग्रह गर्ने उनले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्