निजगढको बकैया ठाकुर विद्यालयलाई बस प्रदान

67

प्रस, निजगढ, २८ कात्तिक/
निजगढ नगरपालिका–८ स्थित बकैया ठाकुर आधारभूत विद्यालयलाई शुक्रवार स्कूल बस हस्तान्तरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि बारा क्षेत्र नं १ का सांसद उमाकान्त चौधरीले बस हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा सांसद चौधरीले शिक्षा क्षेत्रको विकासविना मुलुकमा दिगो विकास हुन नसक्ने बताए । यही विद्यालयमा पढ्ने आजका ससाना बालबालिकाहरू भविष्यमा देश हाँक्न सक्ने पदमा पुग्न सक्ने पनि उनले बताए । विद्यालय हामी सबैको साझा हो । यसलाई हरेक क्षेत्रबाट जहिल्यै पनि निष्पक्ष बनाउन सक्नुपर्छ । स्कूल बस सञ्चालनपछि विद्यालयले अझै फड्को मार्नेमा आफू आशावादी रहेको सांसद चौधरीले बताए ।
कार्यक्रमका विशिष्ठ अतिथि निनपा वडा नं ८ का अध्यक्ष टेकबहादुर लामाले विद्यालय व्यवस्थापन समितिको व्यवस्थापकीय भूमिका र शिक्षक, कर्मचारीको अथक मेहनतबाट नै  बालबालिकाले गुणस्तरीय शिक्षा पाउने बताए । कार्यक्रमका विशिष्ट अतिथि निजगढ नगरप्रमुख सुरेशकुमार खनाल, उपप्रमुख लीलादेवी लामिछानेले पनि विद्यालयको उन्नतिका लागि शुभकामना व्यक्त गरे ।
सांसद चौधरीको संसदीय विकास कोषबाट १५ लाख र निजगढ नपा–८ बाट १४ लाख गरी २९ लाख रूपैयाँको आर्थिक सहयोगमा स्कूल बस खरीद गरिएको विद्यालयका प्रधानाध्यापक हिमेश घिमिरेले जानकारी दिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश घिमिरेलाई प्रमुख अतिथि, विशिष्ठ अतिथिहरूले सामूहिकरूपमा स्कूल बसको साँचो हस्तान्तरण गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक खड्गबहादुर खुलालले गरेका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्