ठोरीमा धन्वन्तरि जयन्ती

190

चिरञ्जीवी सापकोटा, ठोरी, २८ कात्तिक/
ठोरी आयुर्वेदिक औषधालयले शुक्रवार धन्वन्तरि जयन्ती मनाएको छ । ठोरी गाउँपालिका–२ मा रहेको औषधालयको कार्यालयमा आयोजित कार्यक्रममा वडासदस्य अमृतकृष्ण सापकोटाले धन्वन्तरिको तस्वीरमा माल्यार्पण गरेका थिए ।
आयुर्वेद औषधालय व्यवस्थापन समितिका सदस्यसमेत रहेका वडासदस्य सापकोटाले आयुर्वेद भरपर्दो र विश्वासिलो औषधि भएको बताए । उनले कोरोनाको औषधिको रूपमा रहेका जडीबुटीको चर्चा गर्दै कोरोनाको औषधि आयुर्वेदले नै निर्माण गर्ने बताए।
कार्यक्रममा वडासदस्य छलिमाया गुरूङ, इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्ष्ँक अशोक साह, आयुर्वेद औषधालयका कविराज शम्भुनारायण साहलगायतले मन्तव्य राखेका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्