क्रिकेट नकआउट ः खल्वाटोला श्रीसिया विजयी

0
30

प्रस, पोखरिया, २८ कात्तिक/
सामुदायिक विकास केन्द्रले छिपहरमाई गाउँपालिकाको भिस्वामा क्रिकेट नकआउट प्रतियोगिता शुरू गरेको छ ।
आज शुक्रवारदेखि आयोजित प्रतियोगिताको उद्घाटन गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले गरेका थिए । वडाध्यक्ष्ँ मौजीत साह कानूको अध्यक्ष्ँतामा भएको कार्यक्रममा सशस्त्र प्रहरी निरीक्ष्ँक सञ्जीव बानियाँ, भिस्वा प्रहरी चौकीका इन्चार्ज प्रेम मिश्रलगायतले मन्तव्य व्यक्त गरेका थिए । आजको उद्घाटन खेलमा खल्वाटोला श्रीसिया विजयी भएको थियो । टस जितेर खल्वाटोला श्रीसियाले ब्याटिङ रोज्दै ३० ओभरको खेलमा सबै विकेट गुमाइ ११६ रन बनाएको थियो । प्रतिउत्तरमा बन्जारी ६२ रनमा सीमित भई पराजित भएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्