के देश उज्यालो हुन्छ ?

91

आज घरघर उज्यालोको पर्व दीपावली मनाइँदै छ । दीपावली मनाउनुको अर्थ अँध्यारो भगाएर सर्वत्र उज्यालो छर्नु हो । दीपमाला बाल्नुको अर्थ विकार, विसङ्गतिको नाश र अवाञ्छित कीरा–भुसुनाहरूबाट वातावरणलाई जोगाउनु हो । प्रकृतिको चक्र चलिरहेको हुन्छ । प्रकृतिले आफ्नो आवश्यकता अनुसार प्राणीलाई जन्म दिन्छ र मानिसले तीमध्ये आफूलाई आवश्यकको संरक्ष्ँण र अन्यको विनाश गर्दछ । दीपावली त्यसै मानवीय प्रवृत्तिको अनुपम चाड हो । जसरी बाह्यरूपमा अवाञ्छित कीरा–भुसुना र अमावस्याको घोर अन्धकार नाश गर्न हामी बत्ती बाल्छौं, अभ्यन्तरमा मानव मनको कलुष निष्कासन गर्न यस दिवसले सङ्केत गरेको हुन्छ । झन् यस पालि कोरोनाले मानवलाई आजित पारिरहेको प्रसङ्गमा दीपावलीले यस अगोचर रोगलाई निले पनि ननिले पनि हामीमा रोग प्रतिबन्धात्मक सोच र प्रविधिको उचित प्रयोग गर्ने क्ष्ँमताको विकास चाहिं हुनुपर्छ । यसले मात्र दीपावली समारोह सार्थक बन्न जान्छ । दीप भनेको अग्नि हो, अग्निले सबैथोक डढाइदिन्छ । बुद्धिमानी अग्निको सदुपयोगमा हुन्छ । दुरूपयोगले डढेलो मात्र लाग्छ ।
आज देश विषम मोडमा पुगेको छ । धेरै जीउधनको क्ष्ँति, तमाम किसिमका अवहेलना र सङ्घर्षपश्चात् हामीले एउटा धरातल पाएका छौं, जहाँ सशक्त भएर हामी देश र नागरिकको सर्वाधिक हित गर्न समर्थ छौं । तर हाम्रो बानी –बेहोरले धरातल सशक्त भएर पनि समर्थ भएर उभिन र उन्नतिको दिशाबोध गर्न सकिरहेका छैनौं । मानिसको उन्नति प्रगतिमा बैरी वा बिरानो मानिसको हस्तक्ष्ँेप हुन्छ भने त्यसलाई स्वाभाविक मान्न सकिन्छ, तर आफैंआफैंमा पाखुरा सुर्कने अभ्यास हुन थाल्यो भने त्योभन्दा ठूलो विडम्बना अरू केही हुन सक्दैन । हामी लाख चाड मनाऊँ, दशैंको वीरगाथा गाऊँ वा दीपावलीको उज्यालोको कथा हालौं, त्यसलाई हृदयमा अनुभूत गर्न सकिएन भने रसातलतिर जानबाट रोक्न कसैले सक्दैन । ठोस धरातल पाएर पनि रसातलगामी हुनु अविवेकको पराकाष्ठा हो । यो अवस्था अहम् र स्वार्थले ल्याउँछ । र दुःखको कुरा के छ भने आज देशमा चारैतिर अहम् र स्वार्थ हावी भएको छ । खासगरी देशलाई गति दिने निकाय राजनीति आज आदिमकालीन समूहको रणनीतिमा परिणत भएको छ । आदिमकालमा आफ्नो समूहबाहेक कसैको अस्तित्व स्वीकार गरिंदैनथ्यो । आदिमकालको त्यही संस्कृति आजको सभ्य संसारले अँगाल्दा जुन परिस्थितिको सिर्जना हुन्छ, आज त्यही भइरहेको टडकारो देखिंदै छ ।
आज देशमा महामारी छ, जनतामा असन्तोष छ, राजनीतिक दलहरूबीच मात्र होइन, अन्तर्दलीय कलह र सङ्घर्ष छ । परस्पर विपरीत राजनीतिक सङ्घर्षले निष्कर्ष दिन्छ, तर अन्तर्दलीय कलह विग्रहको कारण बन्दछ । देशमा अहिले मात्र होइन, जति पनि बेला एकमनाजस्तो सरकार बन्दछ, यो अन्तर्कलह उम्लेर पोखिन खोज्छ । के २००७–०१७ को बेला होस्, २०४८–२०५३ को बेला होस्, मध्यको बेला र अहिले देशमा एकमना सरकारले उन्नतिको चुचुरो छुनेपर्ने थियो, तर दुर्भाग्य १ नेपालले झन् अधोगतिको दिशा समाउन थालेको छ । के दीपावलीले नेतागणको मस्तिष्कमा फैलिएको अहम् र स्वार्थको कालो तुँवालो चिर्न सक्छ ? के तिनमा ज्ञानको यति प्रकाश जगमग हुन सक्छ कि सम्पूर्ण कलुष मेटिएर जाओस् ?

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्