सखुवापरसौनी गापामा डिप्लोमा कोर्ष शुरू

102

प्रस, पचगावाँ, २७ कात्तिक/
सखुवापरसौनी गाउँपालिकामा आजदेखि तीन वर्षे डिप्लोमा कम्प्युटर इन्जिनीयरिङ कोर्ष शुरू भएको छ ।
दीपनारायण मावि पचगावाँमा आजदेखि तीन वर्षे डिप्लोमा कोर्ष आरम्भ भएको हो । कोर्षको उद्घाटन गापा अध्यक्ष्ँ प्रदीप जैसवालले गरेका थिए । सो अवसरमा उनले आफ्नो गापाका विद्यार्थीहरूमध्ये ७० प्रतिशतलाई छात्रवृत्ति दिने घोषणा गरे ।
विद्यालय व्यवस्थापन समितिको कार्यवाहक अध्यक्ष देवकीदेवी थारूको अध्यक्षतामा भएको कार्यक्रममा गापा उपाध्यक्ष फूलमतीदेवी चौधरी, नेरामावि सुगौली दापका प्रअ मोहन दास, नेरामावि सिरही सथवलका प्रअ भगवती चौधरी, दीपनारायण आदर्श नमूना माविका प्रअ शिवनाथदास थारूलगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा पटेर्वासुगौली जीराभवानी गापाले चारजनाको र ठोरी गापाले आफ्नो गापाका दुईजना विद्यार्थीको आर्थिक भार वहन गर्ने जानकारी गराएको थियो ।
डिप्लोमा कोर्ष गर्न विद्यार्थीहरूलाई वीरगंज आउनुपथ्र्यो । गाउँमैं तीन वर्षे डिप्लोमा कोर्ष शुरू भएपछि उनीहरूलाई सहज भएको छ। तत्काल पाँचभन्दा बढी गापाका विद्यार्थीहरूले डिप्लोमा कोर्ष नामाङ्कन गरेको थाहा हुन आएको छ । डिप्लोमा कोर्ष गर्नेहरूलाई गाउँमैं रोजगारको व्यवस्था मिलाउने बताइएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्