युवतीको गोली हानी हत्या

90

प्रस, रौतहट, २७ कात्तिक/
रौतहटको माधवनारायण नगरपालिका–७ लौकाहामा एकजना युवतीको गोली हानी हत्या भएको छ ।
माइती आएकी १७ वर्षीया अमृताकुमारी साहलाई घरमा सुतिरहेको अवस्थामा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ । हत्या गरिएकी अमृता आमासँगै घरमा सुतेको र आमा शौचालय गएको बेला अज्ञात समूहले मध्यरातमा अमृतामाथि गोली चलाएको थियो । गोली उनको कन्चटमा लागेपछि घटनास्थलमैं मृत्यु भएको इलाका प्रहरी कार्यालय, पिपरारजवाडाका शैलेन्द्र साहले बताए ।
शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको र घटनाको अनुसन्धान भइरहेको जिप्रका रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्