नेट बैंकिङमा असुविधा भोग्दैछन् ग्राहक

0
29

प्रस, वीरगंज, २७ कात्तिक/
नेट बैंकिङ कारोबारले विश्वव्यापीरूपमा मान्यता पाइरहेको छ । नेपालमा पनि नेट बैंकिङ कारोबारलाई सरकारले प्रोत्साहित गरिरहेको छ । कोरोनाकालमा नेट बैकिङ कारोबार अझ सान्दर्भिक रहेको विभिन्न परिस्थितिले बयान गर्दछ । नेट बैंकिङ कारोबार गर्दा ग्राहकको समयको बचत सँगसँगै बैंकहरूमा भीडभाड पनि कम हुने भएकोले यसको सान्दर्भिकता महŒवपूर्ण छ । यद्यपि कतिपय समस्या अझ सुधार गर्नुपर्ने आवश्यकता रहेको ग्राहकहरूको गुनासो छ ।
नेट बैंकिङ प्रणालीमार्फत अरूको बैंक खातामा पैसा स्थानान्तरण गर्दा पैसा प्राप्त भएको खातामा स्थानान्तरणकर्ताको खाता नम्बर र नामको सट्टा बैंकले मात्र बुझ्ने सङ्केत देखा पर्नुले ग्राहक अन्योलमा पर्ने आम गुनासो छ । सङ्केत मात्र देखा पर्दा कहाँबाट र कसले पैसा स्थानान्तरण ग¥यो भन्दै ग्राहकलाई यकीन गर्न कठिन भइरहेको जनगुनासो छ ।
एभरेस्ट बैंक वीरगंज शाखाका प्रबन्धक सुरजभक्त श्रेष्ठका अनुसार– “नेट बैंकिङ प्रणलीमार्फत पैसा स्थानान्तरण गर्दा स्थानान्तरणकर्ताले अनिवार्यरूपमा बैंकले दिएको निर्देशन कैफियतमा उल्लेख गर्नुपर्छ, कैफियतमा उल्लेख गरिएन भने यस्तो समस्या हुन सक्छ ।”
एनआइसी एशिया वीरगंज ब्रान्चका प्रबन्धक पूजा खेतानले प्राविधिक विषयमा आफू अनभिज्ञ रहेको बताउँदै यस शाखाका अप्रेशन मैनेजर चन्देश्वर गुप्तासँग सम्पर्क गर्न सुझाइन् । गुप्ताका अनुसार– “यस बैंकका ग्राहकले नेट बैंकिङ प्रणलीमार्फत पैसा स्थानान्तरण गर्दा प्राप्तकर्ताको खातामा समेत स्थानान्तरणकर्ताको नाम वा खाता नम्बर देखाउँछ ।”
सर्वसाधारण ग्राहकको गुनासोको सम्बन्धमा विभिन्न बैंकहरूमा बुझ्दा प्रायः बैंकर्सहरूले नेट बैकिङबाट रकम स्थानान्तरण गर्दा स्वचालितरूपमा स्थानान्तरणकर्ताको विवरण दाखिला हुने व्यवस्था नरहेकोले कैफियतमा उल्लेख गर्नुपर्छ बताए । यस विषयमा   राष्ट्र बैंक वीरगंजका उपनिर्देशक केशव रिमालले–“नेट बैंकिङ प्रणाली सर्वसाधारणको सुविधाका लागि हो । कारोबारमा पारदर्शिताको लागि हो । यस्तो अवस्थामा बैंकले मात्र बुझ्न सक्ने सङ्केतले सर्वसाधारणलाई अप्ठ्यारो हुन सक्छ । ग्राहकले पनि बुझ्नेगरी स्थानान्तरण भइ आएको खाताको विवरण उल्लेख हुँदा राम्रो हुन्छ ।” उनले भने–“यस प्रकारको समस्या पहिलो पटक सुन्दैछु । ग्राहकले आफ्नो खाता रहेको बैंकमा गुनासो गर्नुपर्छ । हामीसँग पनि गुनासो गर्न आउनुपर्छ । हामी पनि गुनासोलाई मध्यनजर गरी सामाधानका विषयमा माथिल्लो निकाय समक्ष कुरा राख्छौं ।”

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्