देशले निकास कसरी पाउने ?

0
30

हिजो राजाविरोधी आन्दोलन चल्दा राजालाई सेतो हात्तीको संज्ञा दिइन्थ्यो । सेतो हात्ती अर्थात् जसको व्यवस्थापनमा ठूलो रकम खर्च हुने तर सवारी गर्न नपाइने । अवस्था त्यस्तै थियो पनि । राज्यको ठूलो रकम राजपरिवारको भरण–पोषणमा खर्च हुन्थ्यो । उनीहरू कानूनभन्दा माथि थिए । धेरै अवसरमा कानून मिचे पनि पदको गरिमा भन्दै उन्मुक्ति दिइन्थ्यो । यिनले हत्या, हिंसा, मनपरी गर्दा पनि कसैले केही गर्दैनथ्यो । सबै तैं चुप, मैं चुप हुन्थे । राजतन्त्रको विकल्प भनेकै लोकतन्त्र हो । राजतन्त्रमा चाहेर वा नचाहेर राजाकै सन्तानलाई, त्यो जतिसुकै नालायक किन नहोस्, प्रभु मान्नुपर्दथ्यो । तर लोकतन्त्र भनेको जनताले आफूखुशी रोज्ने राजा (शासक) हो । राजतन्त्र गयो र लोकतन्त्र आयो, तर जनताले आफ्नो शासक पाउन सकेन । जहाँ हिजो राजा सेतो हात्ती थियो, आजको शासक बाँदर भएका छन् । बाँदरले आफ्नो घर बनाउँदैन र अरूको घर पनि बन्न दिंदैन । अहिलेको सरकारको गति ठाक्कै बाँदर प्रवृत्तिको छ । न बहुमतको पार्टीले आफ्नो घरमा शान्ति सुव्यवस्था रहन दिएको छ, न जनताले नै सुखसँग जीवनयापन गर्न पाएको छ । देशको दुईतिहाई युवाशक्ति विदेशिन बाध्य छ । कोरोनाको कुनै जनमैत्री समाधान सरकारले दिन सकेको छैन ।
बाँदरको अर्को विशेषता हो, यसको पनि सवारी गर्न सकिन्न । धार्मिक दृष्टिले होइन, अपितु यसको सामथ्र्यको दृष्टिले । बाँदरको सवारी नगर्नुपछाडि उसको क्ष्ँमता छैन भनेर हो, तर बाँदर चाहिं यसलाई आफू पनि सेतो हात्ती भएको ठान्न थाल्दछ । नियम–कानून, संविधान सबैभन्दा आफूलाई माथि ठान्न थाल्दछ । हेरौं न राजाका पालामा उनका भाइ–भतिजा छोराले गरेका बदमाशी, लोकतन्त्रमा नेताका आसेपासेहरूले गर्न थालेका छन् । लोकतन्त्रका शासकहरूका लागि जसले बढी असामाजिक काम गर्छ, उही प्रिय बन्दछ । यसलाई बाँदरले आफ्नो पौरख ठान्दछ । बाँदरका लागि उसको पुच्छर निकै महŒवपूर्ण हुन्छ तर अरूका लागि त्यो न लौरो हुन्छ न हतियार । अहिले जुन सरकार छ, त्यसको पुच्छर निकै लामो छ । सरकारका लागि त्यो गौरवको विषय होला तर जनताले त्यस पुच्छरलाई सुम्सुम्याउनेबाहेक केही गर्न सक्दैन । कुनै फलिफाप उठाउन सक्दैन । आफैंले बनाएको बाँदरको पुच्छर सुम्सुम्याउनु र हिजोको राजाको दयामा बाँच्नुमा ताŒिवक भिन्नता केही छैन । दयामा बाँच्न न चाहने जनता किन पुच्छर सुम्सुम्याउन बाध्य छ, बुझि नसक्नु भएको छ ।
जनता त आजको व्यवस्थामा ‘मदारी’ हुनुपर्ने हो । जसले बाँदरलाई नचाउँछ । तर यहाँ त बाँदरले नै मदारीलाई नचाइरहेको छ । दुःखलाग्दो कुरा यही हो । किनकि जनताले पटकपटक बाँदर प्रवृत्तिका व्यक्तिका लागि नै आफ्नो भाग्य नियन्ता बनाउने गरेको छ । जनता प्रश्न गर्न जान्दैन । हिजो निर्वाचन ताका के भनेका थियौ, आज त्यो किन गर्दैनौ ? यति मात्र प्रश्न गरिदिने हो भने बाँदर सतर्क हुने थियो । आज त बाँदर–बाँदर नेतृत्वका लागि लडिरहेका छन् । बाँदर बनाउने जनताको कुनै वास्ता गर्दैनन् । शायद उनीहरूलाई थाहा छ, जनता बिरालो हो । बिरालोले रोटी पायो भने भाग लगाइपाउन बाँदरकहाँ पुग्छ । भागबन्डाको नाममा बाँदरले रोटी आफैं खाइदिन्छ, प्राविधिक होशियारी देखाएर । जनताले बिरोलो प्रवृत्ति नत्यागेसम्म यस्तै भागबन्डा चलिरहन्छ । विदेश गएर कमाउँछ, बाँदर घरै बसी भागबन्डा लगाउँछ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्