दाइजोको कारण नवविवाहिताको हत्या

0
28

प्रस, वीरगंज, २७ कात्तिक/
दाइजोको कारण रौतहटमा एकजना नवविवाहिताको हत्या भएको माइती पक्षले आरोप लगाएको छ ।
रौतहटको फतुवा विजयपुर नगरपालिका–१ निवासी कलमा पटेलको हत्या भएको उनका दाजु पुरूषोत्तम सिंहले आरोप लगाएका छन् । कलमाको गत असारमा राकेश पटेलसँग विवाह भएको थियो । कलमालाई दाइजोको लागि परिवारजनले दुःख दिने गरेको उनले बताए ।
लकडाउनको कारण आर्थिक अवस्था कमजोर भएको कारण कलमाको ससुरालीबाट माग भएको मोटरसाइकल र अन्य सामान दिन नसक्दा हत्या गरिएको र आत्महत्या देखाउन खोजिएको सिंहले बताए ।
कलमा हिजो झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । दाजु सिंहले आत्महत्या गर्नुको कुनै कारण नभएको र परिवारबाट हत्या गरी आत्महत्याको रूप दिन खोजिएको बताए ।
कलमाको नारायणी अस्पताल वीरगंजमा पोस्टमार्टम भएको र शव दाजुको जिम्मा लगाइएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्