कुम्हालेसँग पनि सवारी पार्किङ शुल्क उठाइँदै

0
113

प्रस, वीरगंज, २७ कात्तिक/
वीरगंज महानगरपालिकाबाट सवारी पार्किङ शुल्क उठाउने ठेक्का लिएको सत्या कन्स्ट्रक्शनका कामदारहरूले महानगरभरि उत्पात मचाएका छन् ।
महानगरले तोकेको ठाउँमा मात्र सवारी पार्किङ शुल्क उठाउनुपर्ने सम्झौताविपरीत कामदारहरूले महानगरभरि सवारीसाधनहरूसँग शुल्क उठाइरहेको पाइएको छ । सवारी पार्किड्ढो ठेक्का लिएको कन्स्ट्रक्शनले तिहार, छठमा माटोको भाँडा बेच्ने कुम्हालेहरूसँग पनि अनधिकृत शुल्क लिंदैछ । माटोको भाँडा बिक्री गर्नेहरूसँग रू ३ देखि ५ हजार असुली गरेको प्रमाण प्रतीकसँग सुरक्षित छ । सवारी पार्किङ शुल्कको ठेक्का लिएको सत्या कन्स्ट्रक्शनले हाटबजार पिठियाकरसरह माटोको सामग्री बिक्री गर्ने, फलफूल बिक्री गर्नेहरूसँग पनि जोरजबरजस्ती पैसा असुल गरिरहेको छ । एकजना कुम्हालेले आफूसँग रू ३ हजार असुलेको गुनासो गरे । उनले महानगरमा सामग्री बेच्दा हाटबजार पिठियाकर र सवारी साधन नभएपनि सवारी पार्किङ शुल्क उठाइएको बताए । यस सम्बन्धमा महानगरका राजस्व अधिकृत रामदयाल यादवले सवारी पार्किङ सम्बन्धमा ठेकेदारको बदमाशीको कुराहरू सुन्नमा आएको बताए । उनले सो सम्बन्धमा महानगरले ठेकेदारलाई सचेत गराएको र नमानेपछि यसबारे जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको जानकारी गराएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्