सालको काठसहित साइकल नियन्त्रण

79

प्रस, बिरुवागुठी, २६ कात्तिक/
वनगश्ती टोलीले राष्ट्रिय वनबाट जङ्गल फडान गरी ल्याइँदै गरेको तीन थान सालको काठ र साइकल नियन्त्रणमा लिएको छ।
पर्सागढी नगरपालिका–८ रमौली गाउँबाट गएराति साढे १२ बजे सब–डिभिजन वन कार्यालय, बडनिहारको टोलीले तीनवटा साइकलमा लोड तीन थान सालको गोलिया बरामद गरेको सुबेदार रामाशीषप्रसाद कुर्मीले बताए। उनको कमान्डमा गएको वनगश्ती टोलीलाई देखेर तस्करहरू रातिको मौका छोपी भाग्न सफल भएका थिए। तस्कर भागेको ठाउँबाट तीन थान साइकल र त्यसमा लोड गरिएको सालको गोलिया बरामद भएको उनले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्