विभिन्न पार्टी परित्याग गरी २०० जना नेकपामा प्रवेश

0
44

प्रस, बारा, २६ कात्तिक/
नेकपा विश्रामपुर गाउँपालिका कमिटीको आयोजनामा हिजो बरैनिया बजारमा शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको थियो।
कार्यक्रममा बरैनिया गाविसका पूर्व अध्यक्ष सागीर अन्सारीलगायत २०० जना विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका छन्।
नवप्रवेशीहरूलाई कार्यक्रमका प्रमुख अतिथिलगायतले स्वागत गरेका थिए। नेकपा प्रवेश गर्नेमा जनता समाजवादी पार्टीका सागीर अन्सारी, पूर्व गाविस सचिव ललनराम नेपालीलगायत छन्।
कार्यक्रममा नेकपाका नेता तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेल, नेकपा केन्द्रीय सदस्य गोपाल ठाकुर, दिनेश राई, नेकपा बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ, सचिव तथा प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्मा नेकपाका बाराका नेताहरू देवनारायण चौधरी, मनोज पौडेल, उमेश कुशवाहा, अमर यादव, लालबहादुर पटेल, मुकेश साह, युवा सङ्घका केन्द्रीय सदस्य मोविन आलमलगायतले शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रम नेकपा विश्रामपुर गाउँपालिका कमिटीका अध्यक्ष धर्मदेव यादवको अध्यक्षतामा लवकुश बैठाले सञ्चालन र मनीर देवानले स्वागत गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्