रबि, दलहन, तेलहन र तरकारी बालीको तयारी, सिंचाइ भने छैन

0
60

प्रस, सेढवा, २६ कात्तिक/
अगहनी धान भिœयाएका पर्साको थरूवान क्षेत्रका किसानहरू अहिले गहुँबालीको तयारीमा व्यस्त छन्।
धान खेतीपछि थरूवान क्षेत्रका किसानहरू तोरी, आलु, दलहन, तेलहन र तरकारी खेती गर्छन्। यसमध्ये गहुँ र तोरीको लागि भने अग्रिम तयारी गर्नुपर्ने हुन्छ। यसैकारण किसानहरू धान बाली भिœयाएर खेत खनजोतमा लागेका छन्। गहुँ र तोरी खेतीको लागि अहिले पानीको आवश्यकता पर्दछ। थरूवन क्षेत्रलाई गण्डक नहरले छुँदैन त्यसैले नहरबाट सिंचाइ हुने सम्भावना छैन। यहाँका किसानहरू नजीकको जीराभवानी, भरवल, चन्द्रावती र निकुञ्जभित्र २० किलोमिटर टाढा रहेको घोडामसान खोलाबाट कुलो बनाएर खेतमा सिंचाइ गर्दछन्।
यो सिंचाइमा पहुँच नभएका किसानहरू भने पम्पसेटबाट खेतमा सिंचाइ गर्दछन्। यस वर्ष हथिया वर्षा नभएकोले किसानहरूलाई गहुँखेतीमा समस्या भएको हो। दशैंताका हथिया वर्षा भएको भए किसानहरूलाई गहुँ रोपाइँमा सहज हुन्थ्यो। अहिले गहुँ खेतीको लागि खेतमा पानी पटाउने काम गरिन्छ र छठपछि पानी सुकेर माटो मलिलो भएपछि गहुँ र तोरी छरिन्छ। दलहन, तेलहन र तरकारी खेती गर्ने किसानहरू पनि अहिले व्यस्त छन्।
जीराभवानी गापा–५ सखुवनियाका मुक्तिनारायण दासले हथिया पानी नपरेकोले गहुँबालीका लागि सिंचाइ गर्नुपरेको बताए। उनले मलको समस्या भोग्दै आएका किसानले अहिले सिंचाइ समस्यासँग पनि जुध्नुपरेको बताए।
जीराभवानी गापा–२ का किसान सुमन्त चौधरीले धान कटानी भएपछि खेत सुक्खा भएकोले गहुँलगायत बालीका लागि खेतमा सिंचाइ चाहिएको बताए। उनले आकाशे वर्षामा आश्रित किसानहरू पम्पसेट लगाएर काम गर्नुपरेको र आर्थिक भार बढेको बताए। एक बिघा खेतमा सिंचाइ गर्न न्यूनतम २ दिन पम्पसेटको प्रयोग गर्नुपर्छ जसले आर्थिक भार बढाउँछ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्