रक्सौल विधानसभामा बिजेपी उम्मेदवार प्रमोद सिन्हा विजयी

155

प्रस, रक्सौल, २६ कात्तिक/
भारत बिहार रक्सौल विधानसभा क्षेत्रमा एनडिए समूहको बिजेपी उम्मेदवार प्रमोद सिन्हा विजयी भएका छन्।
भारतीय चुनाव आयोगद्वारा जारी मतगणना नतीजा अनुसार बिजेपी उम्मेदवार प्रमोदकुमार सिन्हालाई ८०९७९ मत प्राप्त भएको छ भने उनी ३६९२३ मतान्तरले विजयी भएका छन्।
मङ्गलवार अबेर राति जारी भएको मत परिणाम अनुसार दोस्रो स्थानमा महागठबन्धनबाट काङ्ग्रेसको टिकटमा चुनाव लडेका रामबाबूप्रसाद यादवले ४४ हजार ५६ मत ल्याएका छन्।
त्यसैगरी तेस्रो स्थानमा सुरेशकुमार यादव रहेका छन्। उनले २८ हजार ५ सय ९३ मत ल्याएका छन्।
यस्तै भाजपाबाट निष्कासित डा अजयकुमार सिंह मायावतीको बहुजन समाजवादी पार्टीबाट चुनावी मैदानमा उत्रेका थिए। उनी १२ हजार २ सय ६७ मत हासिल गरी चौथो स्थानमा रहे।
अबेर राति सम्पन्न मतगणणापछि बिहारमा एनडिए १२५ सिट प्राप्त गरी पूर्ण बहुमतको सरकार बनाउने दाबी गर्दैछ भने महागठबन्धनले ११० सिट प्राप्त गरेको समाचारमा जनाइएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्