पर्सा, बारा र रौतहटमा ७ सङ्क्रमित थपिए

76

प्रस, वीरगंज, २६ कात्तिक/
पर्सा, बारा, रौतहटमा सातजना सङ्क्रमित थपिएका छन्। जिल्ला प्रशासन कार्यालय, पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले नारायणी अस्पतालको प्रयोगशालामा ८८ जनाको स्वाब परीक्षण गरिएको र तीमध्ये १ जना महिलासहित सातजना सङ्क्रमित पुष्टि भएको बताए।
पर्साकी एकजना महिलासहित चारजना, बाराका दुईजना र रौतहटका एकजना सङ्क्रमित थपिएका हुन्। पर्साका सङ्क्रमित चारैजना वीरगंज महानगरपालिकाका हुन्। उनीहरू वडा नं. ४, ८, १० र १५ निवासी भएको प्रशासकीय अधिकृत श्रीवास्तवले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्