कोरोनाबाट एकै दिन दुईजनाको मृत्यु

0
25

प्रस, सिराहा, २६, कात्तिक/
कोरोना सङ्क्रमणबाट सिराहामा थप दुईजनाको ज्यान गएको छ। दुईजना कोरोना सङ्क्रमितको उपचारको क्रममा बुधवार मृत्यु भएको हो।
मृत्यु हुनेमा जिल्लाको धनगढीमाई नगरपालिका–४ का ७० वर्षीय पुरुष र विष्णुपुर गाउँपालिका–२ का ३५ वर्षका पुरुष रहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डाक्टर कमलेश यादवले जानकारी दिएका छन्।
७० वर्षका पुरुषको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र ३५ वर्षका पुरुषको विराट अस्पताल विराटनगरमा मृत्यु भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि धरान गएका ७० वर्षका पुरुषमा गत कात्तिक १७ गते र ३५ वर्षका पुरुषमा कात्तिक १९ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्