प्रस, ठोरी, २६ कात्तिक/
ठोरी, निर्मलबस्तीमा जारी दोस्रो निर्मल गोल्डकप अन्तर्गत बुधवार सम्पन्न खेलमा आयोजक टिम निर्मल युवा क्लब निर्मलबस्ती र अगम युवा क्लब शिकारीवास विजयी भएका छ्न।
प्रतियोगिताको दोस्रो चरणमा आज विजयबस्ती फूटबल क्लब र निर्मल युवा क्लबबीच सम्पन्न पहिलो खेलमा निर्मलबस्ती विजयी भयो।
दुवै टिमले १–१ गोल गरेपछि खेलको निर्णय टाइब्रेकरबाट निर्धारित भएको थियो। खेलको म्यान अफ द म्याच निर्मलबस्तीका सवाल तामाङ घोषित भए।
यसैगरी अगम युवा क्लब शिकारीवास र वनशक्ति युवा क्लब ठोरी ‘बी’ बीच भएको दोस्रो खेलमा शिकारीवास विजयी भयो। प्रतियोगितामा १–० को अन्तरले शिकारीवास विजयी भएको थियो। सो खेलको म्यान अफ द म्याच शिकारीवासका रामबाबू चौधरी घोषित भए।
भोलिको पहिलो खेल व्व्थ् क्लब ब्रह्मनगर र विशालचोक युवा क्लबबीच र दोस्रो खेल सनराइज युवा क्लब रामनगर र निर्मल समाज युवा क्लब मिलनचोकबीच हुने आयोजकले जनाएको छ।