प्रस, परवानीपुर, २६ कात्तिक/
बारा, परवानीपुर गाउँँपालिका–५ बहुअरीमा आज बिहान ११ बजे आगलागी हुँदा फुसको एउटा घर जलेर करीब २ लाखको क्षति भएको छ।
स्थानीय कप्तान मियाँँको फुसको घरमा विद्युतीय सर्टसर्किटबाट आगलागी भएको थियो।
आगलागी भएपछि वीरगंज महानगरको वारुण यन्त्र, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो।
आगलागीमा परी घरभित्रको अन्न, लत्ताकपडा तथा दैनिक उपभोग्य समान जलेर नष्ट भएको परवानीपुर गाउँपालिका–५ बहुअरीका वडा अध्यक्ष रामेश्वर कलवारले जानकारी बताए।