श्रीवास्तवमाथि कारबाईका लागि उजूरी

100

प्रस, रौतहट, २५ कात्तिक/
नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का सदस्य शैलेन्द्र झाले कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख रवीन्द्रकुमार श्रीवास्तवमाथि मङ्गलवार कारबाईका लागि जिल्ला प्रशासन कार्यालय रौतहटमा उजूरी दिएका छन्।
कृषि ज्ञान केन्द्रमा प्राङ्गारिक मल खरीद, स्यालो ट्यूवेल जडान, भवनको छत मर्मत, बिजुली वाइरिङमा अनियमितता भएकोले उनले आवश्यक कारबाहीका लागि जिप्रका रौतहटमा उजूरी दर्ता गराएका हुन्।
सार्वजनिक खरीद ऐनविपरीत निमित्त प्रमुख श्रीवास्तवले विभिन्न शीर्षकमा खर्च गरी अनियमितता गरेकाले जिप्रकामा उजूरी दिएको झाले बताए।
पत्रकार झाले उजूरी दिएपछि निमित्त प्रमुख श्रीवास्तवले उनलाई धम्की दिंदै अभद्र व्यवहार गरेपछि उनले कारबाई माग गरेका छन्। व्यापक अनियमितता भएको थाहा पाउँदा सत्यतथ्य जानकारी लिन नेपालको संविधानको धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३ र ७ बमोजिम सूचना माग निवेदन दर्ता गराउन सूचना अधिकारीकहाँ
जाँदा निमित्त प्रमुख श्रीवास्तवले सूचना दिन मिल्दैन भन्दै अभद्र व्यवहार गरेका थिए।
सूचना अधिकारीलाई कात्तिक २३ गते निवेदन दिएकोमा निवेदनसँग नागरिकताको प्रतिलिपि राख्न आग्रह गर्दा आफू नागरिकताको प्रतिलिपि लिई कात्तिक २४ गते सूचना अधिकारीकहाँ जाँदा नि प्रमुख श्रीवास्तवले अभद्र व्यवहार गरेको पत्रकार झाले बताए।
रौतहटका सञ्चारकर्मीहरूले सूचना माग गर्दा हालसम्म कसैलाई सूचना दिइएको छैन।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्