लागूऔषधसहित दुईजना युवक पक्राउ

0
23

प्रस, वीरगंज, २५ कात्तिक/
जिल्ला प्रहरी कार्यालय, पर्साले लागूऔषधसहित दुईजना युवकलाई पक्राउ गरेको छ।
वीरगंज महानगर–२५ मौजे श्रीसियाबाट बारा जिल्ला, कलैया उपमहानगर–९ रामपुर बस्ने २० वर्षीय रोशन साह कलवारलाई फेनारगन, डाइजेपाम, नुर्फिन ६००/६०० थान गरी १८ सय एम्पुलसहित पक्राउ गरिएको थियो। पक्राउ परेका कलवारले दिएको सूचनाको आधारमा प्रहरीले कलैया उपमहानगर–९ रामपुरबाट २९ वर्षीय चन्दन कुशवाहालाई पनि पक्राउ गरेको छ। ना.२प ६४२८ नं.को मोटरसाइकलसहित कुशवाहालाई पक्राउ गरिएको हो। प्रहरीले दुवैजनाको मिलेमतोमा लागूऔषधको कारोबार हुने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ। पक्राउ परेका दुवैजनालाई लागूऔषध मुद्दा चलाइएको जिप्रका, पर्साले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्