रक्सौल विधानसभामा बिजेपी उम्मेदवार प्रमोद सिन्हा जीत नजीक

158

प्रस, रक्सौल, २५ कात्तिक/
भारत बिहार रक्सौल विधानसभा क्षेत्रमा एनडिए समूहको बिजेपी उम्मेदवार जीत नजीक पुगेका छन्।
भारतीय चुनाव आयोगद्वारा जारी डाटा अनुसार नोभेम्बर १० तारिख मङ्गलवारको दिन बिहान ८ बजेदेखि शुरू भएको मतगणना नतीजा अनुसार बिजेपी उम्मेदवार प्रमोदकुमार सिन्हा जीत नजीक पुगेका हुन्।
मङ्गलवार साँझ पौने ७ बजे समाचार तयार पार्दासम्म उनको मत ५८ हजार १ रहेको छ भने दोस्रो स्थानमा महागठबन्धनबाट काङ्ग्रेसबाट चुनाव लडेका रामबाबूप्रसाद यादवले २९ हजार ५ सय ६ मत ल्याएका छन्।
त्यसैगरी, तेस्रो स्थानमा सुरेशकुमार यादव रहेका छन्। उनले २२ हजार ८ सय ४७ मत ल्याएका छन्।
रक्सौल विधानसभा क्षेत्रका  भाजपाबाट वर्तमान विधायकसमेत रहेका डा अजयकुमार सिंह मायावतीको बुहजन समाजवादी पार्टीबाट चुनावी मैदानमा उत्रेका थिए। उनी ९ हजार ९ सय २० मत हासिल गरी चौथो स्थानमा रहेका छन्।
समाचार तयार पार्दा बिहारमा एनडिए समूहले नै सरकार बनाउने सम्भावना देखिएको छ।
मतगणनाको ५ घण्टासम्म महागठबन्धनले बढत बनाएको थियो भने दिउँसो १२ बजेपछि एनडिएले महागठबन्धनलाई पछि पारेको थियो।
साँझ पौने सात बजेसम्म एनडिए १२४ सिट, महागठबन्धन १११ सिट र ८ सिटमा अन्य उम्मेदवारले बढत बनाएका छन्।
मङ्गलवार अबेर रातिसम्म बिहार विधानसभा चुनावको नतीजा आउने भारतीय चुनाव आयोगको आकलन छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्