मकवानपुरकी निरूलाई पुम्सेमा स्वर्ण पदक

0
24

प्रस, मकवानपुर, २५ कात्तिक/
यही कात्तिक २२ देखि २४ गतेसम्म सम्पन्न भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपमा मकवानपुरकी निरू मगरले स्वर्णपदक जितेकी छन्।
च्याम्पियनसिपमा नेपालसहित १९ राष्ट्रका तीन सय ६२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। च्याम्पियनसिपमा नेपालका १ सय ९० जना साथै हड्ढङ, मलेसिया, श्रीलंका, भारत, म्यानमार, मकाउ, थाइल्यान्ड, मेक्सिको, अस्ट्रेलिया, जापान, नाइजेरिया, बंगलादेश, पुर्वी टिमोर, बेलायत, दक्षिण कोरिया, फिलिपिन्स र कम्बोडियाका समेत ७९१ जना खेलाडीले प्रतिष्पर्धा गरेका थिए।
४० वर्ष भन्दा बढी उमेर समूहका सहभागी बीच भएको प्रतिस्पर्धामा नेपालको तर्फबाट सहभागि निरू मगर  स्वर्णपदक जित्न सफल भएकी हुन्। उनी मकवानपुर तेक्वाण्डो डोजाङ्गकी खेलाडी हुन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्