पटेर्वासुगौलीमा शुभकामना कार्यक्रम

0
24

प्रस, पंचगावाँ, २५ कात्तिक/
नेपाल शिक्षक सङ्घ पटेर्वासुगौली गाउँपालिका एकाइको आयोजनामा दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना कार्यक्रम भएको छ।
पटेर्वासुगौली गापा–४ गुदरबाबा मन्दिर प्राङ्गणमा भएको शुभकामना कार्यक्रमको उद्घाटन ज्येष्ठ नागरिक परमेश्वर गौरोले गरेका थिए।

कार्यक्रममा गापा उपाध्यक्ष ममता महतोले बालबच्चाको जीवन सुधारमा शिक्षकहरूलाई एक भएर अगाडि बढ्न सुझाव दिइन्। उनले शिक्षकबीचको गुट, उपगुटले स्थानीय तहमा काम गर्न अप्ठेरो भएको बताइन्। उनले पार्टीभित्र पनि सोही अनुरूपको गुट, उपगुट हावी भएकोले पर्सा जिल्लामा पराजय भोग्नुपरेको बताइन्। उनले आगामी चुनावमा सबै एक भएर जिल्लामा नेकाको एकाधिकार बनाउन आग्रह गरिन्।
युवा नेता चन्द्रकिशोर चौधरीले कम्युनिस्ट सरकारले शिक्षा, स्वास्थ्य, कृषि क्ष्Fेत्रमा खासै प्रगति नगरेको आरोप लगाए। उनले यो क्षेत्रमा सरकारले विभेद गरेको बताए। उनले समाज सुधारमा शिक्षकको भूमिका अहम् हुने हुनाले आफ्नो जिम्मेवारी वहन गर्न सुझाए।
नेकाका जिल्ला सदस्य दिनेश चौधरीले शिक्षकविना राजनीतिक सफलता नहुने दाबी गरे। उनले शिक्षकहरूलाई राजनीतिकरूपमा एक हुन आग्रह गरे। एकाइ कमिटी संयोजक हरिराज यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल रेडक्रस पर्साका उपाध्यक्ष भगवती चौधरी, नेका पर्सा क्षेत्र नं ३ का संयोजक सुलेमान मियाँ दर्जी, नेपाल शिक्षक महासङ्घका जिल्ला अध्यक्ष तीर्थराज यादव, शिक्षक सङ्घ पर्साका अध्यक्ष प्रदीप जैसवाल वडाध्यक्षहरू माधव राउत, विजय गैरेलगायतले शुभकामना व्यक्त गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्