अफिमसहित दुईजना पक्राउ

0
29

जीतलाल श्रेष्ठ, निजगढ, २५ कात्तिक/
प्रतिबन्धित लागूऔषध अफिमसहित बाराको निजगढबाट दुईजनालाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा बारा निजगढ नगरपालिका–७ का वर्ष २८ का सोम जिम्बा र सर्लाही वाग्मती नगरपालिका १२ का वर्ष ३० का दिल बहादुर थिङ रहेको बारा प्रहरीले जनाएको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोली र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको संयुक्त टोलीले १ किलो ८०० ग्राम अफिमसहित जिम्बा र थिङलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान शुरू गरिएको इप्रका चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए। उनीहरूलाई निजगढ–८ स्थित बुद्धचोक आसपासबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ। पक्राउ परेकामध्ये एकजना निजगढ प्रहरी परिसरबाट भाग्न थाल्दा प्रहरीले तत्कालै नियन्त्रणमा लिन सफल भएको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्