वीरगंजमा ट्राफिक व्यवस्थापनबारे छलफल

67

प्रस, वीरगंज, २४ कात्तिक/
जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले वीरगंजको ट्राफिक व्यवस्थापनबारे छलफल गरेको छ।
छलफलमा सहभागी सामुदायिक सेवा केन्द्र तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले दिपावली, छठलाई लक्षित गरेर बजार व्यवस्थित बनाउन पूर्वतयारी आवश्यक भएको सुझाव दिएका थिए। उनीहरूले वीरगंजको ट्राफिक व्यवस्थापनमा वीरगंज महागनरपालिकाले चासो नदेखाएको गुनासो गरे।
छलफलमा सहभागी वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाईले सबैसँग सहकार्य गरेर वीरगंजको ट्राफिक व्यवस्थापन गर्न सुझाए। व्यवस्थित वीरगंज अभियानका संयोजक दिलीपराज कार्कीले वीरगंजको ट्राफिक व्यवस्थापनको लागि यस अघि गरिएका प्रयासहरूको थालनी गर्नुपर्ने बताए। वीरगंजको ट्राफिक व्यवस्थापनमा महानगरपालिका अझ बढी जिम्मेवार हुनुपर्ने उनको सुझाव थियो।
छलफलमा सहभागी समाज परिवर्तनका अध्यक्ष्F अखलेश साहले ट्राफिक व्यवस्थापन सुधारमा समस्या भएको बताए। उनले निरन्तर दबाबका बावजूद समस्या ज्यूँकात्यूँ हुने गरेको भन्दै प्रभावकारी दबाबको आवश्यकता रहेको सुझाव दिए।
सामुदायिक सेवा केन्द्रका प्रतिनिधिहरूले जनशक्तिको अभावमा ट्राफिक व्यवस्थापनमा समस्या भएको बताए। उनीहरूले वीरगंजको चार स्थानमा सशुल्क पार्किङ व्यवस्था गरेपनि त्यसविपरीत काम भइरहेको र त्यसलाई प्रभावकारी बनाउन नसकिएको गुनासो गरे।
ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रहरी निरीक्ष्Fक कमलराज पण्डितले वीरगंजमा ट्राफिकको समस्या भएको स्विकारे। उनले तोकिएको ठाउँमा पार्किङ नगर्ने, जथाभावी सडक, फूटपाथमा ठेलामा व्यापार गर्ने, शहरमा पार्किङ स्थलको अभाव भएको र भएका पार्किङ स्थल पनि व्यवस्थित नभएको गुनासो पोखे। उनले यसका लागि सबैको सहकार्य हुनुपर्ने बताए।
प्रहरी उपरीक्षक गङ्गा पन्तले वीरगंजको ट्राफिक र बजार व्यवस्थित हुन नसकेको बताइन्। उनले सडक फराकिलो नभएको र त्यसैमा व्यापार गर्ने प्रचलन तथा सवारी राख्ने कार्यले झनै बढी भीड भएर ट्राफिक
समस्या विकराल भएको बताइन्। उनले महानगरपालिकामाथि यसको दोष थुपारिन्। उनले कर मात्रै लिने महानगरको दायित्व देखिएको र त्यसबाहेक शहर सुधारमा महानगरको भूमिका गौण देखिएको आरोप लगाइन्। उनले चाडपर्व लक्षित व्यापार परम्परागत रूपमा सडक, फुटपाथ मिचेर हुन नदिने प्रतिबद्धता जाहेर गरिन्। अन्य दिन पनि यो कार्यलाई आफ्नो कार्यकालमा निरन्तरता दिने उनले बताइन्।
वीरगंजको ट्राफिक र बजार व्यवस्थापनको लागि महानगरले सहकार्य गरे प्रहरीले सहयोग गर्ने उनले प्रतिबद्धता जाहेर गरिन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्