राजतन्त्रको माग गर्दै वीरगंजमा प्रदर्शन

0
28

प्रस, वीरगंज, २३ कात्तिक/

नेपाल राष्ट्रवाद सङ्घ पर्साले आइतवार वीरगंजमा राजतन्त्रको माग गर्दै प्रदर्शन गरेको छ। घण्टाघरमा भेला भएका राजा समर्थकहरूले डिजे बजाएर राजतन्त्रको पक्षमा –याली र गणतन्त्रको विरोधमा नगरमा प्रदर्शन गरेका थिए। नेतातन्त्र चाहिंदैन, नेपालीको रगत चुस्न पाइँदैन, नेता चोर देश छोड, राजतन्त्र जिन्दाबाद, गणतन्त्र मुर्दाबादजस्ता नारा लगाएका थिए। घण्टाघरबाट निस्केको –याली मेनरोड हुँदै बिर्ता पुगेर २ नम्बर सडक भएर पुनः घण्टाघरमा पुगेर कोणसभा गरेको थियो।

कोणसभामा बोल्दै नेपाल राष्ट्रवाद सङ्घका अध्यक्ष जनकलाल साह, केन्द्रीय सदस्य पृथ्वी झा र जिल्ला अध्यक्ष सङ्गीता साहले अब राजाको विकल्प नरहेको दाबी गरे। उनीहरूले राजालाई गद्दीमा बस्न लगाएर मुलुकको समस्या समाधान हुने बताए। राजाहरूले बेरोजगारी हटाउन विदेशबाट ल्याएर स्थापना गरेको कलकारखाना बिक्री गर्ने नेताहरूले अहिले देश बिक्री गर्न लागेको आरोप लगाए। युवाहरू रोजगारका लागि विदेशिनुपरेको र स्वदेशमा भएका कलकारखाना बिक्री गरिएको घटनाले पनि राजामा देशभक्ति र नेताहरू केवल स्वार्थमा लिप्त रहेको उनीहरूको आरोप थियो। नेताहरूसँग देश विकासको कुनै योजना नभएकोले बेलाबेलामा गुटबन्दी गरेर सत्तामा टाँसिइरहन खोजेको बताएका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्