फरार ५ जना अभियुक्त पक्राउ

0
28

प्रस, पोखरिया, २४ कात्तिक/
इलाका प्रहरी कार्यालय, पोखरियाले ५ जना फरार अभियुक्तलाई पक्राउ गरी अदालतको आदेशमा वीरगंज कारागार चलान गरेको छ।
इप्रका पोखरियाका प्रहरी निरीक्ष्Fक दीपक थापाले कुटपिट मुद्दामा फरार धोबिनी गाउँपालिका–३ निवासी प्रमोदप्रसाद कुर्मी र शमसुल मियाँ, यसैगरी लागूऔषध मुद्दामा अदालतबाट फैसला भएपछि फरार कालिकामाई गापा–२ निवासी कुरानी मियाँ धुनिया, सुखाडी मियाँ र इस्लाम मियाँलाई पक्राउ गरी पर्सा जिल्ला अदालतमा पेश गरेको र अदालतको आदेशमा उनीहरू वीरगंज कारागार चलान भएको बताए।
प्रनि थापा इप्रका पोखरियामा हाजीर भएको एक महीनाको अवधिमा ९ जना फरार अभियुक्तहरूलाई पक्राउ गरिएको र अदालतको आदेशमा कारागार चलान गरिएको सो कार्यालयले जनाएको छ।
यसैबीच प्रहरीले भारतमा बिक्रीका लागि लगिरहेको एकजना महिलाको उद्धार गरेको छ।
सिन्धुपाल्चोक निवासी ती महिलालाई पर्सा जिल्लाको भिस्वा नाकाबाट भारत लैजाने क्रममा पोखरियाका एकजना र सिन्धुपाल्चोकका एकजना पुरुषलाई पक्राउ गरिएको छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेकोले नाम सार्वजनिक गरेको छैन।
सिन्धुपाल्चोकबाट आएकी महिला भारतमा बेच्न लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको जनाएको छ। हाल तीनैजनालाई जिप्रका, पर्सामा राखिएको स्रोतले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्