पाँचजना महिलासहित ४५ जनाद्वारा रक्तदान

94

प्रस, वीरगंज, २३ कात्तिक/

नेपाल बिजुली पेन्टर प्लम्बर तथा निर्माण मजदूर युनियन, बाराले कलैयामा दिपावली तथा छठ पूजाको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा पाँचजना महिलासहित ४५ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक धीरेन्द्र झाले बताए।

कलैया उपमहानगरपालिका–२१ भोडाहामा आयोजित रक्तदान कार्यक्रमको युनियनका अध्यक्ष धनेश्वर कुशवाहाले रक्तदान गरेर शुभारम्भ गरेका थिए। कार्यक्रमको उद्घाटन कलैया उपमहानगरपालिका नगरप्रमुख राजेशराय यादवले गरेका थिए।

सीमानन्दन कुशवाहा, शोभादेवी, प्रभादेवी, कुमारीदेवी यादव, निरोज अन्सारी, नोरा खातुन, गजेन्द्र चौधरी, सन्तोष मिश्र, मुकेश साह, विकेस सिंह, सत्येन्द्र यादवलगायतले रक्तदान गरेको प्राविधिक झाले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्