पटाकासहित दुईजना पक्राउ

0
28

प्रस, वीरगंज, २४ कात्तिक/
इलाका प्रहरी कार्यालय, जीतपुरले ४० बन्डल पटाकासहित दुईजनालाई पक्राउ गरेको छ।
जीतपुरसिमरा उपमहानगरपालिका–५ ललका पुलमा चेकजाँचको क्रममा ना. ७ ख ६०४१ नं.को बसमा सवार बारा, फेटा गाउँपालिका–१ त्रिवेणीका २८ वर्षीय लालबाबू दास र २७ वर्षीय कन्हैया दासले बसको डिक्कीमा लुकाएर लैजाँदै गरेको अवस्थामा नागिन पटाका ४० बन्डल बरामद भएको प्रहरीले जनाएको छ।
यसैगरी उनीहरूबाट गन्धक डेढ किलो, सुहागा ६ किलो ९ सय ग्राम फेला परेको र उनीहरूलाई अदालतको आदेशमा ५ दिन थुना स्वीकृति लिएर आवश्यक कारबाई अगाडि बढाएको जिप्रका, बाराका प्रवक्ता गौतम मिश्रले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्