नकआउट क्रिकेट प्रतियोगिताको उपाधि दरदर्वाले जित्यो

0
77

नरेश यादव, पर्सागढी, २३ कात्तिक/

युथ क्लबको आयोजनामा पर्सागढी नगरपालिकाको नेरामावि बर्वाछटैलीको खेल मैदानमा आयोजित नकआउट क्रिकेट प्रतियोगिताको उपाधि झगडमाई क्रिकेट क्लब दरदर्वाले जितेको छ।

आइतवार भएको फाइनल खेलमा दरदर्वाले बहुअर्वा क्रिकेट क्लबलाई १२ रन अन्तरले पराजित गर्दै उपाधि जितेको हो। टस जितेर पहिले ब्याटिङ गरेको दरदर्वाले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाएर १०६ रन जोडेको थियो। प्रतिउत्तरमा १०७ रनको लक्ष्य लिएर मैदानमा उत्रेको बहुअर्वा क्रिकेट क्लब २० ओभरमा ८ विकेट गुमाएर ९४ रनमा सीमित भयो। फाइनल खेलको मैन अफ दि म्याच दरदर्वाका साहेब मन्सुर घोषित भए। उनलाई सञ्चारकर्मी बलिराम शुक्लाले पाँच सय नगद प्रदान गरेका थिए।

फाइनल खेलका प्रमुख अतिथि प्रदेश सभा सदस्य राजेश्वरसाह तेलीले विजयी र उपविजयी टिमका खेलाडीलाई पुरस्कृत गरेका थिए। प्रथम हुनेलाई १० हजार नगद र दोस्रो हुनेलाई ५ हजार नगद शिल्ड, मेडल, प्रमाणपत्र वितरण गरेका थिए। सो अवसरमा उनले खेलले मनोरञ्जन प्रदान गर्नुका साथै शारीरिक र बौद्धिक विकास प्रदान गर्ने । उनले खेलले एकताको सूत्रमा बाँध्न मदत पु–याउने बताए। नगरप्रमुख लोकनारायण यादवले खेलले अनुशासन प्रदान गर्ने बताए।

क्लबका अध्यक्ष आलोक सिंहको अध्यक्षतामा समापन समारोह भएको र वडाध्यक्ष समसुद्दिनसाह देवान, नेकपाका नगर संयोजक गोकर्ण पाठक, जसपाका नगर अध्यक्ष शेख खुर्शीद, नेकाका जिल्ला सदस्य सुकमान तामाङलगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण महानन्द पाठक र गौरव पाण्डेले गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्