थप नौजना सङ्क्रमित

0
54

प्रस, वीरगंज, २३ कात्तिक/

पर्सा र बारामा आइतवार ९ जना सङ्क्रमित थपिएका छन्। नारायणी अस्पतालको प्रयोगशालामा ९६ जनाको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गर्दा ९ जना सङ्क्रमित थपिएका जिल्ला प्रशासन कार्यालय, पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले बताए। उनले बारामा चारजना र पर्सामा पाँचजना सङ्क्रमित पुष्टि भएको बताएका छन्। पर्सामा सङ्क्रमित पुष्टि हुनेमा बहुदरमाई नपाका एकजना र बाँकी वीरगंज महानगरका छन्।

वीरगंज महानगरपालिका–३ र ४ मा एक–एकजना र वडा नं १० मा दुईजनामा सङ्क्रमण पुष्टि भएको प्रशासकीय अधिकृत श्रीवास्तवले जानकारी गराएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्