ट्याक्टर पल्टिएर बालकको मृत्यु

0
37

प्रस, बिरुवागुठी, २३ कात्तिक/

बहुदरमाई नगरपालिका–३ चाइनापुल नजीक सिंचाइ अफिस अगाडि ट्याक्टर पल्टिंदा एकजना १२ वर्षीय बालकको मृत्यु भएको छ। पर्सागढी नगरपालिका–८ जिङनाबाट धान पु–याएर बहुदरमाई नगरपालिका जाने क्रममा लु ३ प ६४६ न को ट्याक्टर पल्टिएको थियो। ट्याक्टर पल्टिएर बहुदरमाई नगरपालिका–३ निवासी विवेककुमार यादवको मृत्यु भएको बागेश्वरी सशस्त्र क्याम्पका सशस्त्र प्रहरी निरीक्षक होमनाथ पाण्डेले बताए।

प्रारम्भिक अनुसन्धानमा मृतक बालक ट्याक्टरमा अगाडि बसेको र घटनापछि चालक फरार भएको सप्रनि पाण्डेले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्