चुरे संरक्षणका अगुवा भेला सम्पन्न

0
51

प्रस, वीरगंज, २३ कात्तिक/

चुरे संरक्षणका पक्ष्धर अगुवाहरूको पर्सा भेला वीरगंजमा सम्पन्न भएको छ। सम्पन्न भेलाले चुरे संरक्षण तथा पर्यटन प्रवद्र्धन फाउन्डेशन नेपाल, पर्साको कार्य समिति गठन गरेको छ। अमिताभ बच्चन दासको अध्यक्षतामा गठित ११ सदस्यीय समितिको उपाध्यक्ष दिनेश यादव, सदस्य सचिव सुनील रौनियार, कोषाध्यक्ष जुनु तामाड्ढा साथै सदस्यहरू बालकुमार बस्नेत, मानबहादुर श्रेष्ठ, अष्ट लोपचन, तबरेज अहमद, विनोद चौधरी, अनुखा सुनुवार र सन्ध्या पटेल चयन भएका छन्।

कार्यक्रमका मुख्य अतिथि चुरे संरक्षणका अभियन्ता  युवराज लामाले प्रकृतिको संरक्षण नै मानव जातिको संरक्षण हो भन्दै चुरे क्षेत्रलाई बचाउन सबै पक्ष एक भएर लाग्न आह्वान गरे। राष्ट्रिय खेलकूद परिषद्का पूर्व सचिव तथा वरिष्ठ चलचित्रकर्मीसमेत रहेका लामाले तराई र पहाडको सङ्गमस्थल चुरे भएकोले यसलाई पूर्णरूपले जीवित गराई दुवै क्षेत्रको सांस्कृतिक सङ्गमस्थलको रूपमा विकास गर्न सके पर्यटनको  प्रचुर सम्भावना रहेको बताए।

सो अवसरमा विशिष्ट अतिथि पर्याटन व्यवसायी तथा होटल व्यवसायी सङ्घ बाराका अध्यक्ष मोहन शर्मा, युवा अगुवा बालकृष्ण श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्